एभरेष्ट बैंकको नाफामा वृद्धि, ब्याज आम्दानी ४ अर्ब बढी

  २०७७ वैशाख २९ गते १३:२५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४ करोड रुपैयाँ बढी हो ।

बैंकले गत आवको सोही अवधिमा २ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सञ्चालन मुनाफा बढेर ३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.