हिमालयन बैंकको नाफा १५ प्रतिशतले बढ्याे

  २०७७ वैशाख २९ गते ११:०७     विकासन्युज

काठमाडाैं । हिमालयन बैंककाे नाफा १५ प्रतिशतले बढेकाे छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ३१ करोड १७ लाख १३ हजार रुपैयाँ नाफा कमाएकाे छ । जुन गत आवकाे तुलनामा २९ कराेड ७६ लाख ३७ हजार रूपैयाँ बढी हाे ।

बैंकले गत आवको सोही अवधिमा २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ नाफा कमाएकाे थियाे ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणकाे अनुसार कम्पनीको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा बढेर ३ अर्ब ८ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, खुद ब्याज आम्दानी ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँबाट बढेर ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ पुगेकाे छ ।

हाल बैंककाे चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ६ अर्ब ७८ करोड ९० लाख ५६ हजार रूपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब १६ अर्ब ३२ करोड ४४ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ८२ करोड १० लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशतबाट घटेर १.११ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.