सेञ्चुरी बैंककाे नाफा ४९ प्रतिशतले बढ्याे

  २०७७ वैशाख २८ गते १८:३६     विकासन्युज

काठमाडाैं । सेञ्चुरी कमर्शियल बैंककाे नाफा ४९.९६ प्रतिशतले बढेकाे छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएकाे छ । जुन गत आवकाे तुलनामा ३० कराेड ५१ लाख रूपैयाँ बढी हाे ।

बैंकले गत आवको सोही अवधिमा ६१ करोड ६ लाख ७१ हजार रुपैयाँ नाफा कमाएकाे थियाे ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणकाे अनुसार कम्पनीको वितरणयोग्य नाफा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा बढेर १ अर्ब २६ करोड ९२ लाख २८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड १७ लाख २१ हजार रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १५ लाख ८५ हजार रुपैयाँ पुगेकाे छ ।

हाल बैंककाे चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकले ५८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.