युनाईटेड इन्स्योरेन्सको आय ३ करोडले घट्यो

  २०७७ वैशाख २८ गते १७:४७     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको आय करिब ३ करोड रुपैयाँले घट्ेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्यमा कम्पनीको आय ६१ करोड १८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आय ६४ करोड १६ लाख रुपैयाँ थियो ।

बीमा शुुल्क (खुद)

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यमा खुद बीमा शुल्क २४ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क २३ करोड ८२ लाख रुपैयाँ थियो ।

कम्पनीले पुनर्बीमा कमिशन आयबाटमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६० लाख रुपैयाँ छ भने गत आर्थिक वर्षका सोही अवधिमा २ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको लगानी, कर्जा तथा अन्य आयमाचालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ६७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको तथ्याङ्कका उल्लेख छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड २१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३५ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

बीमालेख संख्या

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६९ हजार २ सय ८५ बीमालेख जारी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४९ हजार ४ सय ३८ बीमालेख जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.