एभरेष्ट बैंकका कर्मचारीद्वारा ३० लाखको राहत सामग्री वितरण

  २०७७ वैशाख २८ गते १७:३१     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक कर्मचारी परिवारले लक्डाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरुलाई ३० लाखकाे राहत सामग्री वितरण गरेका छन्।

सबै राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको बैंकले जानकारी दिएकाे छ। राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरुले योगदान गरेका थिए ।

बैंकका कर्मचारीहरुले, लक्डाउनका कारण आफ्नो कमाईको स्रोत गुमाएका विभिन्न परिवारहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरेका छन्।

एभरेष्ट बैंकको सबै प्रादेशिक कार्यालयहरुको समन्वयमा देशको सबै प्रदेशहरुमा राहत वितरण भइरहेको छ । एभरेष्ट बैंकले यस अघी पनि नेपाल सरकारको कोविड राहत कोषमा रु. १ करोड २ लाख रकम प्रदान गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.