करको दायरा बढाउने, बैंकको ऋण उत्पादनशील क्षेत्रमा लगाउने (पूर्णपाठसहित)

  २०७७ वैशाख २८ गते १५:५९     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा। युवराज खतिवडाले करको  दायरा विस्तार गरिने बताएका छन्। संसदमा आगामी बजेटको प्राथमिकतामा करकाे दायर विस्तार गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित, उच्च मूल्य अभिवृद्धि गर्ने र निर्यातमूलक उद्योग स्थापनाको लागि प्रोत्साहन गर्ने बताएका हुन् ।

काेराेना भाइरसकाे कारण अर्थतन्त्रमा देखिएकाे असरलाई कम गर्न आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउने उनले बताए ।

‘अब स्वास्थ्य पूर्वाधारमा लगानी बढाइनेछ, स्वास्थ्य बीमालाई बिस्तार गरी आम नागरिक सबैलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याइनेछ,’ उनले भने ।

यस्तै, होटल र एयरलाइन्सको पुनउत्थानलाई प्राथमिकता दिनको लागि सरकारले सहुलितय घोषणा गर्ने, भूकम्पपछिको पुननिर्माण आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य राख्ने उनले बताए ।

नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सेवाको गुणस्तर तथा त्यसको पहुँच विस्तार गर्ने पनि बताए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर आबद्धताको कारण नेपालमा अर्थतन्त्रका क्षेत्रहरु श्रम र पर्यटनमा धेरै ठूलो प्रभाव परेको छ’, उनले भने, ‘अन्य क्षेत्रहरु पनि प्रभावित रहेकाले त्यसलाई ध्यान दिई उक्त क्षेत्रलाई पुनरुत्थान गर्न बजेटमा कार्यक्रमहरु समावेश गरिनेछ ।’

सार्वजनिक खर्चको प्राथमिकरण गर्ने र अति आवश्यक भएमा मात्र बजेट र प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका आयोजनालाई बजेट अभाव हुन नदिने प्रतिबद्धता अर्थमन्त्री खतिवडाले गरेका छन् ।

भूमिहीन किसानलाई भूमिका सहित पहुँच दिने, कोरोनाले रोजगारी गुमाएकालाई तथा विदेशबाट फर्केकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने लगायतका कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन गरिने उनले बताए ।

यस्तै विद्युतीय प्रणालीबाट राजस्व तिर्ने नीतिलाई प्राथमिकता दिने र राजस्वको दायरा बढाउने घोषणा समेत अर्थमन्त्रीले गरेका छन् ।

यस्तो छ आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.