हेटौँडा औद्योगीक क्षेत्रका उद्योगहरु खुल्न थाले

  २०७७ वैशाख २८ गते ११:५६     विकासन्युज

काठमाडौं । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योग सञ्चालनमा आउन थालेका छन् । औद्योगीक क्षत्रमा रहेका २५ वटा उद्योगहरु सञ्चालनमा आएका छन् । अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ वटा र अन्य १० वटा उद्योगमा सामाजिक दूरी कायम गरि उत्पादन सुरु भएको हो ।

हेटौँडा औद्योगिक क्षेत्रका अनुसार कच्चा पदार्थको अभावले उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । उद्योगहरु सुरक्षा विधि अपनाएर सञ्चालन भइरहेका छन् । उद्योग सञ्चालनका लागि जनशक्तिको पनि अभाव रहेको छ । औद्योगिक क्षेत्रमा २५ प्रतिशत मात्र जनशक्ति मकवानपुरका रहेका र अन्य बाहिरका रहेकाले पनि उद्याग सञ्चालनमा कठिनाइ भइरेको छ । लकडाउनभन्दा अगाडी औद्योगिक क्षेत्रमा रहेका १०८ वटा चलिरहेका भए पनि अहिले २५ वटा मात्रै उद्योग सञ्चालन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.