बढी मूल्यमा सामाग्री बिक्री गरिरहेका काठमाडौंका ४ पसललाई ५ लाख जरिवाना

  २०७७ वैशाख २६ गते १९:४१     विकासन्युज

काठमाडौं । दोहोरो बिल जारी गरेवापत दुई बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्रीवितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

कुलेश्वरस्थित समर किराना पसलले बिल जारी नगरी दोहोरो मूल्य कायम गरेको र साधारण बिलको प्रयोग गर्ने गरेको भेटिएपछि रु तीन लाख जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार कालीमाटीस्थित श्रेष्ठ किराना सेन्टरले थोक व्यापारमा दोहोरो मूल्य कायम गरेर नक्कली बिल जारी गरी उपभोक्ता ठगेकाले उक्त सेन्टरलाई रु दुई लाख जरिवाना गरिएको छ ।

आज नै कोटेश्वरस्थित उदयपुर फ्रेस हाउसलाई खरीद बिल नदेखाएको र कालीमाटीस्थित बिएस ब्रदर्श स्टोरलाई अनुगमनमा असहयोग गरेको भन्दै रु २०- २० हजार जरिवाना गरिएको छ । ती चार पसललाई आज कारवाही गर्दा रु पाँच लाख ४० हजार राजश्व संकलन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.