तेस्राे त्रैमासमा बीमा शुल्क साढे २ अर्बले बढ्यो

  २०७७ वैशाख २६ गते १६:५१     नबिन पोखरेल

काठमाडौं । तेस्राे त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको आम्दानी बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा बीमा शुल्क बढेको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमा शुल्क २ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । यद्यपि सरकारले देशभर लागू गरेको लकडाउनका कारण सर्वसाधारणको आवतजावत पूर्णरुपमा बन्द गरिएपछि चैत महिनामा तिर्नुपर्ने बीमा शुल्क तिर्ने अवधी थप गरी व्याज नलाग्ने व्यवस्था गरिएको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमा शुल्क १७ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको थियो ।

बीमा समितिले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षकोे चैत समान्तसम्ममा १८ लाख १२ हजार ९ सय २५ जना बीमाको दायरामा आएका छन् । निर्जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारी संख्या ४ हजार ९ सय ६७ छन् भने कार्यालय संख्या ८ सय ९० छ ।

कुन कम्पनीले कति संकलन गर्यो बीमा शुल्क ?

नेपाल इन्स्योरेन्स कम्पनीले गत चैत मसान्तसम्ममा ८६ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै, ओरेन्टल इन्स्योरेन्सले ७९ करोड, नेशनल इन्स्योरेन्सले ६१ करोड र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

समितिले दिएको जानकारी अनुसार युनाईटेडले ५६ करोड रुपैयाँ, प्रिमियर इन्स्योरन्सले १ अर्ब ३० करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७४ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ६२ करोड र सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ, आईएमई जनरलले ९९ करोड रुपैयाँ, प्रुडेन्सियलले ८३ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सले २ अर्ब ३२ करोड रुपैयाँ, लुम्बिनी जनरलले ८७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

समितिका अनुसार जनरल इन्स्योरेन्स कम्पनीले ८७ करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले ६१ करोड रुपैयाँ र सानिमा जनरलले २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीले भने बीमा शुल्क संकलनको विवरण समितिमा बुझाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.