लकडाउनले अनलाइन कक्षाको बानी बसायो, अब अन्य समयमा पनि निरन्तरता दिनुपर्छ

  २०७७ वैशाख २५ गते १७:१५     सविन्द्र महर्जन

विश्व कोरोना भाइरसको महामारीमा छ । कोरोना भाइरसको कारण भएको लकडाउनले मानिसका दैनिक गतिविधी पनि ठप्प छन् । मानिसहरु घरभित्रै छन् । नेपालमा पनि जेठ ११ गतेदेखि लकडाउन जारी नै छ ।
लकडाउनको कारण सम्पूर्ण शैक्षिक संघ संस्थाहरुको पठनपाठनमा पनि प्रभाव परेको छ । त्यो असर आइआइएमएस कलेजमा पनि परेको छ । लकडाउनको कारण अहिले  शैक्षिक संस्थाहरु बन्द हुँदा धेरै जसो विद्यालयहरुले अहिले अनलाइन कक्षालाई प्राथमिकता दिइरहेका छन् ।

आइआइएमएस कलेजमा अनलाइनमार्फत बीसीए, बीएससी सीआईटी, एमबीए, बीआईटी, बीएचएम, बीबीए गरी जम्मा ६ वटा कोर्स पढाई हुने गर्दछ । १२ सय विद्यार्थी रहेको कलेजमा ५० को हाराहारीमा पूर्णकालीन कर्मचारी कार्यरत छन् । आंशिक कर्मचारीको संख्यामा पनि ५० कै हाराहारीमा छन् । आइएमएमएसको लर्निङ म्यानेजमेन्ट सिस्टमले पहिलादेखि नै भर्चुअल कक्षाहरु प्रयोगमा थियो । त्यसले गर्दा हामीलाई विद्यार्थीहरुलाई अनलाइनमार्फत पढाउन केही हदसम्म सजिलो भयो ।

पछिल्लो दुई हप्तादेखि हामी अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं । अहिलेको स्थिती हेरेर विद्यार्थीहरुलाई पढाइमा केही हदसम्म सामेल गराउन र उनीहरुलाई लकडाउनको समयमा उनीहरुको शिक्षामा बाधा नपारोस् भन्ने उद्देश्यले हामीले कक्षा सञ्ंचालन गरेका हौं । यो समयमा पनि हामीले कोर्षनै पुरा गर्ने किसिमले कक्षा संचालन गरेका होईनौं । यो संकटको समयमा पुरै अनलाइनमा जान पनि गाह्रो नै छ । अहिले हामीले सुरुवाती चरणमा विद्यार्थीहरुको लागि संचालन गरिएको अनलाइन कक्षाको रेकर्ड राख्ने गरिरहेका छौं । यसरी विभिन्न समस्याका कारण लाईभ कक्षामा समेल हुन नपाएका विद्यार्थीहरुले पनि हेर्न सक्नेछन् । हामीले विद्यार्थीहरु कक्षा हुने समयको तालिका पठाउँछौं । भालीको दिनमा पनि अनलाईन कक्षाहरु सञ्चालन गर्न सजिलाे हुन्छ ।

अनलाइन कक्षाको समस्या

नेपालको अवस्थामा अनलाइन कक्षा राम्रोसँग सञ्चालन गर्न हदसम्म गाह्रो नै छ । हाम्रो समस्या भनेको उपत्यका बाहिर गएका विद्यार्थीहरु कमजोर इन्टरनेटको कारण अनलाइन कक्षामा सामेल हुन सकिरहेका छैनन् । यद्यपी हाम्रो ८० प्रतिशत विद्यार्थीहरु भने सामेल भएका छन् ।

अनलाइन कक्षालाई लकडाउनपछि पनि यसलाई निरन्तरता दिन सकिन्छ । यसको लागि हामीले यो लकडाउनको समयमा यसको पुरा अध्यन गर्नुपर्दछ । लकडाउनको समय हाम्रो केही नयाँ सिक्ने समय हो । अझै नयाँ पनि टेक्नोलोजीसँग नजिक भएर काम गर्न सिक्ने समय हो ।  सबै स्टाफ, फ्याकल्टी मेम्बरर्सलाई तलबको व्यवस्था गर्नु पनि यो समयमा धेरै गाह्रो छ । शैक्षिक संस्थाहरु चल्ने भनेको विद्यार्थीहरुले दिने शैक्षिक शुल्कबाट नै हो ।

अनलाइन कक्षाका फाइदा

अनलाइन कक्षाको धेरै फाइदाहरु छन् । हामी कलेज जानको लागि बिहानै उठेर कपडा लगाएर जानलाई  एक दुई घण्टा बढि त्यसमै खेर गइरहेको हुन्छ । अनलाइन कक्षाले समयलाई बचाउँदछ । यस्तै, नेपालको अवस्थामा यो लकडाउनले अब प्रविधीको प्रयोग र त्यसको फाइदा लिन मानिहरुलाई उत्सुक गराउँछ ।

अनलाइन कक्षामा अब शिक्षकहरुले झनै मेहेनत गर्नुपर्ने देखिन्छ । यदि सबैले आफ्नो पक्षबाट मेहेनत गर्ने हो भने भोलिको दिनमा यसलाई निरन्तरता दिन सकिन्छ ।

(आइआइएमएस कलेजका सीईओ सविन्द्र महर्जनसँग डोमी शर्पाले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.