बढी मूल्यमा सर्जिकल सामग्री बेच्ने टेलिमार्ट नेपाललाई २ लाख जरिवाना

  २०७७ वैशाख २५ गते १५:३३     विकासन्युज

काठमाडाैं । सर्जिकल र मेडिकल सामग्री बढी मूल्यमा बेच्ने टेलिमार्ट नेपाललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

अनलाइन विक्रेता टेलिमार्ट नेपाललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा सर्जिकल र मेडिकल सामग्री २ लाख रुपैयाँ जरिवाना गरेकाे हाे ।

टेलिमार्ट नेपालले अनलाईन मार्फत एन ९५ माक्स, थर्मल गन, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सेटलगायत सर्जिकल र मेडिकल सामग्री बढी मूल्यमा बेचेकाे पाइएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.