बैशाख २६ गतेबाट देशभरका उद्योग संचालन हुने

  २०७७ वैशाख २४ गते १८:४२     विकासन्युज

काठमाडौं । सरकारले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालन गर्ने निर्णय गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैंठकले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालनमा गर्ने निर्णय गरेकाे हाे ।

बैठकले जारी लकडाउनलाई जेठ ५ गतेसम्म थप गरेपनि उद्योग भने संचालनमा ल्याउने निर्णय गरेको हो ।

सरकारले उद्योगलाई अत्यावश्यक वस्तु उत्पादन, निर्माण र निर्यातसम्बन्धी गरी तीन चरणमा वर्गीकरण गरेर उद्योग सञ्चालनको तयारी गरेको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका चन्द्रकुमार घिमिरेले लकडाउनका कारण बन्द भएका उद्योगलाई तीन चरणमा खुलाउने तयारी भइरहेको जानकारी दिए । पहिलो चरणमा खाद्य उद्योग,दोस्रो चरणमा विकास निर्माणसँग सम्बन्धित उद्योग र तेस्रो चरणमा निर्यातमुलक उद्योग खोल्ने गरी काम अगाडी बढाएको घिमिरेले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनमा बन्द भएका उद्योग सञ्चालनको उपयुक्त विकल्प खोज्न अध्ययन समिति गठन गरेर काम गरिरेको छ । उद्योग मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखाका प्रमुख पुष्कर शाहीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बन्द भएका उद्योग सञ्चालनको विकल्प खोज्न समितिमा अर्थ, कृषि, श्रम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि रहेका छन् । निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चम्बर अफ कमर्श र घरेलु तथा साना उद्योग महासंघका १।१ जना प्रतिनिधि पनि समितिमा समेटिएका छन्  ।

अध्ययन समितिले लकडाउनबाट उद्योग व्यवसायमा परेको असरका बारेमा अध्ययन गरेर औद्योगिक र व्यवसायिक क्षेत्र सञ्चालनको लागि आवश्यक सुझाव तयार पार्नेछ ।

समितिले उद्योगलाई तीन चरणमा वर्गिकरण गरेर सञ्चालनको व्यवस्था मिलाउने गरी अध्ययन गर्न जिम्मेवारी तोकिएको छ । ससितिलाई नै विदेशबाट रोजगारी गुमाएर फर्किनेहरुलाई रोजगारी दिने सम्बन्धमा पनि अध्ययन गर्न जिम्बा दिएको छ ।

पहिलो चरण

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक क्षेत्रका उद्योगलाई पहिलो चरणमा पुर्णरुपमा सञ्चालन गर्ने वातावरण बनाउने गरी काम गरिरहेको छ । अतिआवश्यक चामल, मकै, चिउरा, पिठो, दाल, नून, चिनी, चिया, खानेतेल, घ्यू, दूध, तरकारी, मासु, फलफूल, मसला, औषधि, साबुन, मट्टीतेल, डिजेल, पेट्रोल, रसायनीक मल, दाउरा तथा कोईला लगायतका बस्तुहरु पर्दछन् ।

दोस्रो चरण

निर्माण सम्बन्धी उद्योगलाई दोस्रो चरणमा राखेर  सञ्चालन गर्ने तयारीमा मन्त्रालयले काम गरिरहेको छ ।  दोस्रो चरणमा सञ्चालन हुने उद्योगहरुमा सिमेन्ट उद्योग, पाइप, फलाम, स्टिल, डण्डी, कर्कटपाता,ईट, काठलगायत निर्माण क्षेत्रमा प्रयोग गरिने वस्तु उत्पादन हुने छन् ।

तेस्रो चरण

स्वदेशमा वस्तु उत्पादन गरी वैदेशिक निर्यात गर्ने उद्योगलाई तेस्रो चरणमा राखेर सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.