बैंकर्स र व्यवसायीको एउटै स्वरः हामी एकै डुङ्गामा छौं, मिलेर सयर गरौं

  २०७७ वैशाख २४ गते १५:५३     सन्ताेष राेकाया

काठमाडौं । विभिन्न उद्योग व्यवसायी र बैंकर्सहरुले यो सकंटको समयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । विभिन्न व्यापार व्यवसायमा संलग्न उनीहरुले सबैको सहकार्य र समन्वयले यो महामारीलाई पार लगाउन सकिने भएकाेले सबैले एक अर्कालाई सहयोग र सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणाा राखेका हुन् ।

देश लकडाउनमा रहेको बेला अर्थतन्त्र सुस्त भएको बताउँदै उनीहरुले अब सबैले मिलेर याे समस्याको समाधान गर्नु पर्ने आवाज उठाएका हुन् । देशमा लकडाउन भएको ४३ दिन पुगिसकेको अवस्थामा विभिन्न व्यापार व्यवसाय तथा उद्योगधन्दाहरु बन्द भएको बताउँदै उनीहरुले अब अर्थतन्त्र चलायमानका लागि विभिन्न क्षेत्रहरुले एक आपसमा सहकार्य गर्नुपर्ने बताएका हुन् ।

नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले विश्वमा नै कोरोना भाइरसको महामारी भएको कारणले यो महामारीसँग जुध्न र देशको अर्थतन्त्रमा धेरै नोक्सान हुन नदिनका लागि अब सरकार,उद्योगी व्यवसायी, बैंकर्स लगायतका क्षेत्रहरुसँग हकार्य गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

‘हामी बसै एउटै डुङ्गामा छौं, मिलेर सयर गर्नुपर्छ, कसैले कमाउने र कसैले गुमाउने भन्ने हुँदैन,’ उनले भने ।
कोरोनाको कारण सबै क्षेत्रहरुलाई असर परेको बताउँदै उनले अब अर्थतन्त्रलाई चलायमान र खुलाउँदै जानु पर्ने बताए । बैंकहरुको पनि तीन महिनादेखि व्याज नउठेको बताउँदै उनले अझै ६ महिनामा पनि त्यो व्याज उठ्न सक्ने सम्भावना नभएकोले बैंकहरुलाई पनि समस्या नै रहेको उनको भनाइ छ ।

पर्यटन क्षेत्रमा परेको असर र रेमिट्यान्सको गिरावटले विदेशी मुद्रामा धेरै गिरावट आउन सक्ने भएकोले बैंकहरुको पनि धेरै आम्दानी गुम्ने उनको धारणा छ । तर, पनि यो समयको व्यवस्थापन र सबैलाई मर्का नपर्ने गरी बैंकहरुले पनि आफ्नो तर्फबट हुन सक्ने सहयोगका लागि गृहकार्य गरिरहेको उनले बताए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि यो महामारीले अर्थतन्त्रमा पारेको असरलाई क मगर्नको लागि र अर्थतन्त्र पुर्नत्थान गर्नको लागि सबैको सहकार्य आवश्यक रहेको बताए । यो असर दुई वषएसम्म पनि रिभाइव गर्न कठिन भएको बताउँद ैउनले सरकारले अबको बजेटमा मुख्य गरेर अर्थतन्त्रको पुर्नजीवन, स्वरोजगारमा जोड,पूर्वाधारमालगायतका पक्षहरुमा बढी जोड दिनुपर्ने बताएका छन् ।

‘रेमिट्यान्समा एकदमै कमि आइसकेको छ, व्यापार घाटा पनि भइसकेको छ, अब चाँडै अर्थतन्त्र परभाइव हुन सक्ने अवस्था छैन, यसका लागि हामीले नाफा भन्दा पनि सस्टेन हुने हिसावले काम गर्ने हो,’ उनले भने ।

अर्थतन्त्रको पुर्नत्थानका लागि सरकारले अब व्यवसायी तथा उद्योगीका लागि विद्युत महसुल सस्तो गर्ने, कर्जामा ५ प्रतिशत व्याजदर तोक्नु पर्ने, मुल्यअभिवृद्धि र आय कर घटाउनु पर्ने, सम्पत्तिको अभिलेखीकरण गर्नु पर्ने लगायतका प्याकेजहरु ल्यायो भने व्यवासायलाई राहत हुने बताए ।

उनले अब सरकारले कृषि सम्बन्धि विशेष नीति ल्याएर कार्यान्वय गर्नु पर्ने बताए । जसले धेरै युवाहरु स्वदेशमै रोजगार पाउन सक्छन् । यस्तै, नेपाल टुर एण्ड ट्राभल एजेण्टका अध्यक्ष अच्युत गुरागाइँले कोरोनाको कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र भएकोले यसको उद्दारका लागि सरकारले कुनै पनि पहल नगरेको गुनासो गरे ।

‘सरकार निदाएको बाहना गरिरहेको छ, हामीले तिरेको ट्याक्सको रिर्टन पनि छैन, व्यापार पुर्नत्थान र कर्मचारीलाई तलब खुबाउनका लािग पनि विशेष २ प्रतिशत व्याजदरमा ऋण दिनु पर्छ,’ उनले भने । अब पर्यटन क्षेत्रको पुर्नजीवनका लागि सरकारले आन्तरिक पर्यटनमा जोड, बैंकबाट सहुलियत दरमा कर्जा र भारत र चीनमा पर्यटन प्रवद्र्धन गर्नु पर्ने उनको भनाइ छ ।

यस्तै, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले पनि अब सरकारले आउने बजेटमा निर्माण क्षेत्रलाई विशेष प्राथमिकता दिई बजेट बाँडफँड गर्नु पर्ने धारणा राखेका छन् । प्राथमिकताका आधारमा विभिन्न स्थानीय तह र प्रदेशको मातहतमा रहे आयोजना सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.