कोरोना भाइरस बीमामा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि

  २०७७ वैशाख २२ गते १६:२६     विकासन्युज

काठमाडौं । कोरोना भाइरस सम्बन्धि बीमा कार्यान्वयनमा बीमा कम्पनीहरुकाे संक्रियता राम्रो देखिएको छ । आइतबार सम्ममा १९ वटा निर्जीवन बीमा कम्पनीले ३० हजार ५ जनाको कोरोना भाइरस बीमा गरेका छन् । त्यसबाट कम्पनीहरुले १ करोड ६१ लाख ६० हजार ५६० रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा पोलिसी जारी गरेको छ । यस कम्पनीले आइतबारसम्ममा ५४८ पोलिसी जारी गरी ७ हजार ४९१ जनाको बीमा गरेको छ । त्यसबाट कम्पनीले ३९ लाख ७३ हजार ४२० रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कुल बीमित संख्यामा शिखर इन्स्योरेन्सको हिस्सा २४.९५ प्रतिशत रहेको छ । त्यस्तै कुल बीमा शुल्कमा शिखरको हिस्सा २४.५८ प्रतिशत रहेको छ । अहिलेसम्म २१६५ वटा पोलिसी जारी भएकोमा शिखरले ५४८ वटा पोलिसी जारी गरी कुल बजारमा २५.३१ प्रतिशत हिस्सा लिएको छ ।

२० वटा निर्जीवन बीमा कम्पनीमध्ये व्यवसाय, नाफा लगायत धेरै कोणमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि छ ।

पोलिसी संख्या, बीमितको संख्या र बीमा शुल्कका आधारमा दोस्रो हुने कम्पनीहरु फरक फरक छन् । बीमा शुल्कका आधारमा १६ लाख ९७ हजार रुपैयाँ संकलन गरी नेपाल इन्स्योरेन्स दोस्रो स्थानमा छ । १४ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरी एनएलजी इन्स्योरेन्स तेस्रो स्थानमा छ ।
बीमित संख्याको आधारमा एनएलजी दोस्रो र नेपाल इन्स्योरेन्स तेस्रो स्थानमा छन् । बीमा पोलिसीको आधारमा दोस्रो स्थानमा हिमालयन र तेस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेका छन् ।

कोरोना भाइरस सम्बन्धि बीमा नाफा गर्ने उदेश्यले नभई सामाजिक उत्तरदायित्वको हिसावले बीमा कम्पनीहरुले गरिरहेको नेपाल बीमक संघका अध्यक्ष  तथा शिखर इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए । कोरोना भाइरस बीमा गराउँदा सर्वसाधारणमा बीमा बारे थोरै जानकारी पनि हुने र अप्ठ्यारो अवस्थामा बीमाले राह्रत दिन्छ भन्ने सन्देश पनि जाने भएकोले यसको कार्यान्वयनमा सबै कम्पनीहरु सक्रिय भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.