पुनर्बीमा विज्ञ श्रेष्ठको निधन

  २०७७ वैशाख २२ गते १४:१०     विकासन्युज

काठमाडौं । पुनर्बीमा विज्ञ शैलेन्द्र कुमार श्रेष्ठको निधन भएको छ । क्यान्सर रोगबाट पीडित श्रेष्ठको ६८ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो ।

नेपालमा बीमा क्षेत्रको बारेमा जानकार श्रेष्ठ राष्ट्रिय बीमा संस्थानको उपमहाप्रबन्धक पदबाट अवकाश पाएका व्यक्ति हुन् । संस्थानबाट अकाश पाएका श्रेष्ठ त्यसपछि यनाइटेड इन्स्योरेन्स, अलायन्स इन्स्योरेन्स, एभरेष्ट, लुम्बिनी जस्ता बीमा कम्पनीको उच्च व्यवस्थापन तहमा बसेर काम गरेका थिए ।

लुम्बिनी इन्स्यारेन्स कम्पनीमा कार्यकाल सकिएपछि श्रेष्ठ नेपालको एकमात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको विज्ञका रुपमा संलग्न भएका थिए । श्रेष्ठको भारत, युरोप, अमेरिका तथा अफ्रिकाका पुनर्बीमा कम्पनीसँग राम्रो सम्बन्ध र सम्पर्क थियो ।

श्रेष्ठको हिजो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका एक छोरी र एक छोरा छन् । उनका छोरा बुहारी अष्ट्रेलियमा बस्दै आएका छन् भने छोरी ज्वाइ अमेरिकामा छन् । उनकी श्रीमती पनि केही समयअघि छोरी ज्वाइ भेट्न अमेरिका गएकी थिइन् । छोरी ज्वाइ भेट्न अमेरिका गएका समयमा श्रेष्ठको निधन भएको हो ।

श्रेष्ठको निधनले आफूहरुले अभिभावक गुमाएको र नेपाली बीमा क्षेत्रलाई ठूलो नोक्सानी भएको बीमा कम्पनीका उच्च व्यवस्थापन तहका अधिकारीहरु बताउँछन् । प्यांक्रियाजको क्यान्सरबाट पीडित श्रेष्ठको करिब ४ वर्षअघि सल्यक्रिया गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.