अमेरिकी आइडलको टप १० मा दिवेश पोखरेल

  २०७७ वैशाख २२ गते ९:३६     विकासन्युज

काठमाडौं । अमेरिकन आइडलको १८ औं सिजनको टप १० मा नेपालका दिवेश पोखरेल पर्न सफल भएका छन्। टप २० जनाबाट धेरै भोट पाएर पोखरेल टप १० भित्र पर्न सफल भएका हुन्।

काठमाडौंमा हुर्किएर उच्‍च शिक्षाको क्रममा आमाबुबासँगै अमेरिका बस्दै आएका दिवेशले अमेरिकन आइडलको १८ औं संस्करणमा दमदार प्रस्तुति दिइरहेका छन्। पोखरेल विगत लामो समयदेखि परिवारसहित अमेरिका बस्दै आएका पोखरेल ‘आर्थर गन’ को नामबाट अमेरिकन आइडलमा प्रख्यात छन् ।

यसअघि नेपाली भाषामै भोट अपील गर्दै उनले भनेका थिए, ‘मेरो सांगीतिक यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद, अमेरिकन आइडलको टप २० पर्फमेन्स प्रिमियर हुँदैछ । यसमा अघि बढ्न मलाई हजुरहरूको भोटको आवश्यकता छ।

अमेरिकन आइडलमा छानिनुअघि नै केही नेपाली गीत गाएर युट्युब मार्फत सार्वजनिक भएका उनलाई टेक्स्ट, वेभसाइटबाट र अमेरिकन आइडल एपबाट भोट गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.