बजेट खर्चमा ठूलो कटौती गर्दै साउदी अरेबिया

  २०७७ वैशाख २१ गते १५:३२     विकासन्युज

काठमाडौं । साउदी अरेबियाले बजेट खर्चमा ठूलो कटौती गर्ने भएको छ । साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल जडानले शनिबार अरेबिया टिभीलाई एक अन्तर्वाताकाे क्रममा वर्तमान स्थितिमा बजेट खर्चमा कटौती गर्ने बताए ।

साउदीका अर्थमन्त्रीले देशभित्र रहेको मेगा परियोजनाको खर्च पनि कटौती गरिने जानकारी दिए । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरेबियाले ऐतिहासिक रूपमा कम तेलको मूल्यको सामना गरिरहेको छ ।

कोरोना भाइरस संक्रमणको कारण भएको अर्थव्यवस्थामा हुने क्षतिको सामना गर्न कडा र पीडादायी निर्णय लिनु परेको भन्दै उनले विकल्पबाट बाहिर निस्कनका लागि सबै विकल्पहरू खुला गरेका जनाएका छन् ।

साउदी अरेबियाको केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चय मार्चको महिनामा गत २० वर्ष यताकै सबभन्दा धेरै गिरावट आएको छ । तेलको मूल्यमा गिरावट भएपछि पहिलो त्रैमासमा ९ अर्ब डलर बजेट घाटा भएको भन्दै गत महिना साउदी अरेबियाले आफ्नो विदेशी विनिमय सञ्चितिलाई सन्तुलित राख्न यस वर्ष २६ अर्ब डलर लिन सक्ने कुरा अर्थमन्त्री जडानले भने ।

साउदी अरेबियाको मौद्रिक प्राधिकरणले साउदी अरेबियाको वैदेशिक सम्पत्ति मार्चमा ४६४ अर्ब डलरले घटेको जानकारी दिँदै यो पछिल्लो १९ बर्षमा न्युनस्तरमा रहेको साउदीका अर्थमन्त्रीले बताए । (अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.