निअर्सले गर्याे निर्माण क्षेत्रमा कोरोनाको प्रभाववारे छलफल, कार्तिकपछि काम शुरु हुने

  २०७७ वैशाख २१ गते ७:०८     विकासन्युज

काठमाडौं । निअर्सले विकास निर्माणका क्षेत्रमा कोभिड –१९ को प्रभाव र पुनरुत्थान विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल इन्स्टिच्यूट फरअर्बन एण्ड रिजनल स्टडिज (निअर्स), ललितपुरको आयोजनामा श्रमिक दिवसको अवसरमा विद्युतीय माध्यमबाट संचालित उक्त कार्यक्रम संचालन गरिएको थियो ।

विकास निर्माणको क्षेत्रमा क्रियाशील व्यवसायी, लगानीकर्ता, इन्जिनियर, योजनाकार, विकासविद् र विज्ञहरु गरी करीव ४० जनाको सहभागितामा रहेको सो कार्यक्रमण थियो । निअर्सका क्षेत्रीय योजनाकार डा. सगर प्रसाईले निर्माण क्षेत्रको हालको अवस्था र अबको चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । निर्माणक्षेत्र अर्थतन्त्रमा प्रभाव पार्ने मुख्य क्षेत्र रहेको र कोभिड –१९ को यस क्षेत्रमा परेको प्रभाव चालु आर्थिक बर्षमा मात्र नभई आउँदो आर्थिक बर्षमा पनि देखापर्ने धारणा राखे ।

उनले बजेट, निर्माण व्यवसायीको आर्थिक अवस्था, निर्माण सामग्रीको आपूर्ति शृंखला लगायतका विभिन्न कारणलेयो क्षेत्रलाई सुचारु गर्न निकै चुनौतिपूर्ण रहेको पनि स्पष्ट पारे । साथै अधिकांश मजदुरहरु गाउँ फर्किएको यो समयमा ग्रामिण रोजगारी र उत्पादनको वृद्धि गर्ने, निर्माण सामग्रीको आपूर्ति रोकिएकाले स्थानीय उत्पादकहरुलाई उत्पादनको वृद्धि गर्ने समेत ठुलो अवसर रहेको धारणा व्यक्त गरे । उनले आर्थिक वर्षको शुरुबाटै खरिद प्रक्रियातथा बजेट सुचारु गर्नसके आउँदो आर्थिक वर्ष एउटा अवसरको वर्ष बनाउन सकिने सम्भावना रहेको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले निर्माणको क्षेत्रमा कोरोना संकट सुरु हुनु अघि करीब १५ लाख दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सहित २० लाख मानिस आबद्ध रहेको, झन्डै आठ खर्ब रुपैया बराबरको ५ हजार वटा आयोजनाहरु संचालनमा रहेको जानकारी गराए ।
हालको संकटले अधिकांश निर्माण आयोजनाहरु अवरुद्ध भएकोले ती सबै मजदुरहरु प्रत्यक्ष रुपमा प्रभावित भएको, विकास निर्माणका कामको मुख्य सिजनका रुपमा रहेको हालको समयमा निर्माण कार्य प्रभावित भएको र अधिकांश मजदुरहरु कृषक रहेकाले कम्तिमा कार्तिक २०७७ अगाडी निर्माण कार्य सुचारु गर्न नसकिने समेत जानकारी गराए । निर्माण क्षेत्रमा भारतीय र चिनिया कामदारहरु ठुलो संख्यामा प्रयोग हुदै आएकामा अब नेपाली कामदारबाट विदेशी कामदारहरु प्रतिस्थापन गर्न समेत सकिने बताए ।

उक्त कार्यक्रममा इन्जिनियरिंग अध्ययन संस्थानका सहायक प्राध्यापक डा. अजय चन्द्र लालले मजदुरको पारिवारिक आर्थिक कारण लगायतका कारणले भने कामदारहरु छिटै काममा फर्किन सक्ने झिनो सम्भावना पनि रहेको धारणा राख्नु भयो ।

नेपाल सरकारका पुर्व सचिव सुरेश प्रकाश आचार्यले ेको अवस्थामा सरकारले आन्तरिक राजश्व तथा निर्माण सामग्रीको भन्सारमा केही सहुलियत प्रदानगरी समस्या समाधान गर्नतर्फ जानु पर्ने बताए । कार्यक्रममा अर्का सहभागी नेपाल इन्जिनियर्स एसोसियसनकापुर्व अध्यक्ष किशोर शाक्यले यस्तो अवस्थामाकुन सरकारी संयन्त्रले नेतृत्वदायी भूमिका खेल्ने र निर्माणको क्षेत्रका समस्या हेर्ने प्रस्ट नभएको र यस्तो संस्था बनाउन पर्ने सुझाब दिए ।

उक्त कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले यस कठिन घडीमा सरकार एक्लैले सबै कामगर्न सक्ने अवस्था नरहेकाले सबैले यसमा सकारात्मक भूमिका खेलाउँदै आफ्नो क्षेत्रको उचित योजनाबनाई अघि बढ्नुपर्ने बताए । जुम प्रविधि प्रयोग गरी संचालन भएको सो कार्यक्रममा अन्य सहभागीहरुले कोरोनाले उत्पन्न गरेका अवसरहरुबारे छलफल गरी , आमनागरिक र पेशाकर्मीहरुले यी अवसरहरुलाई बुझ्ने र प्रयोग गर्नुपर्ने सुझाब दिनु भएको थियो ।

निअर्सका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले कोभिडको संक्रमणको यस अवस्था र लकडाउन पछिका अवस्थामा विभिन्न क्षेत्रमा पर्न सक्ने प्रभावका विभिन्न पक्षमा छलफल गर्दै तयारी गर्नु पर्ने देखिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.