ज्योति लाईफकाे प्रमुख कार्यकारी अधिकृतमा प्रकाश खत्रीकाे नाम स्वीकृत

  २०७७ वैशाख १९ गते २१:१४     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा समितिले प्रकाश बिक्रम खत्रीकाे नाम स्वीकृत गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गर्दै बीमा समितिसँग स्वीकृत मागेकाे थियाे ।

कम्पनीकाे प्रस्तावअनुसार समितिले खत्रीकाे नाममा सहमति दिएकाे बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले जानकारी दिए ।

समितिले स्वीकृत गरेकाे जानकारी भएपनि नियुक्ति सम्बन्धि अन्तिम निर्णय कम्पनीकाे सञ्चालक समितिबाट हुन बाँकी रहेकाे खत्रीले बताए । आगामी साता बस्ने कम्पनीकाे सञ्चालक समितिले निर्णय लिने उनले बताए ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको स्थापना कालदेखि नै नायव प्रमुख कार्यकारी अधिकृत थिए । साथै, उनले विगत तीन वर्षदेखि कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समेत समालेका थिए ।

कम्प्युटर साईन्समा स्नातकोत्तर गरेका खत्रीसँग संसारकै ठूलो मानिने बाराक्लेज बैंकमा ५ बर्ष काम गरेकाे अनुभव छ । बेलायतको केन्द्रिय कार्यालयमा काम गरेका उनी नेपाल फर्किएर लक्ष्मी बैंकको मेनेजरका रुपमा ४ वर्ष थप जिम्मेवारीमा रहे । नेपाल लाइफ र एनआईसी एसिया बैंकको सञ्चालककाे समेत अनुभव हासिल गरेकाे छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.