जब गरीब आमाले ढुंगा उमालेको नाटक गरेर बच्चालाई चुप लगाइन्…

  २०७७ वैशाख १९ गते ७:५७     विकासन्युज

काठमाडौं । कोरोना संकटले केन्यामा एकजना महिलालाई यति गरीब बनाइदियो कि उनले आफ्ना बच्चाहरुलाई फकाउनका लागि ढुंगा पकाएको नाटक नै गर्नुपरेको छ ।
आठ बच्चाहरुकी यी आमाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना निरक्षर हुनुका साथै विधवा महिला हुन् । उनी अरुको कपडा धोएर आफ्नो तथा आफ्ना बच्चाहरुको पेट पाल्ने गर्थिन् तर कोरोना संक्रमण फैलिएपछि भने उनको काम ठप्प हुन पुग्यो ।

पेनिनाका लागि गरीबी र समस्या यति धेरै बढ्यो कि उनीसँग आफ्ना बच्चाहरुलाई खुवाउनका लागि खाना पनि थिएन । यसैबिच उनले आफ्ना बच्चाहरुलाई खुसी बनाउनका लागि ढुंगा उमाल्न थालिन् । आफ्नी आमाले केही पकाउँदै गरेको देखेर बच्चाहरु खान पाइने आशाका साथ खुसी हुँदै निदाउँथे । उनकी छिमेकी बच्चा रोएको सुनेर त्यहाँ पुगिन् र भावविह्वल हुँदै त्यो पूरै घटनाको भिडियो बनाएर स्थानीय मिडियालाई त्यसको वारेमा बताइदिइन् ।

पेनिनाको कथा सुनेका धेरै मानिसहरुले केन्याभरबाट उनलाई फोन गर्न थाले । पेनिनिका एकजना छिमेकीले उनको बैंक खाता खोलाइदिए जसको मार्फत् उनले आर्थिक सहयोग पाउन थालिन् । पेनिना भन्छिन् कि उनले कल्पना पनि गरेकी थिइनन् कि केन्याका मानिसहरु त्यति धेरै उदार स्वभावका छन् । उनी यो सबैलाई एउटा चमत्कार मान्छिन् ।

उनले भनिन्, “मेरा बच्चाहरुलाई यो थाहा भइसकेको थियो कि म ढुंगा उमालेर नाटक गरिरहेको छु, तर के गर्नु मसँग यो बाहेक अरु केही उपाय पनि त थिएन ।” केन्यामा हालसम्म कोरोना भाइरसबाट ३९५ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ ।
(बीबीसी हिन्दी बाट भावानुवाद गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.