लगानीकर्ता र सूचीकृत कम्पनीलाई राहात, यस्ताे छ मन्त्री परिषद्को निर्णय

  २०७७ वैशाख १८ गते १९:२१     विकासन्युज

काठमाडौं । लकडाउन अघि सेयर किनेका लगानीकर्ता र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुलाई ठूलो राहात मिलेको छ । लकडाउन अघि सेयर किनबेच गरी राफसाफ गर्न बाँकी रहेका लगानीकर्ताले अब असार मसान्तसम्म हिसाव राफसाफ गर्न पाउने भएका छन् ।

गत आइतबार(बैशाख १४) गते बसेको मन्त्री परिषद्को बैठकले धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाव राफसाफ गर्ने समयावधि आगामी असारसम्म कायम गर्ने निर्णय गरेको हो । यससँगै लकाडाउन अघि सेयर किनेकालाई बजार खुल्ने बित्तिकै पैसा तिर्नुपर्ने बाध्यता हटेको छ । नेप्सेका अनुसार लकडाउनकाे २ दिनअघि काराेबार भएकाे सेयर  राफसाफ हुन बाँकी रहेकाे छ ।

त्यस्तै, बैठकले धितोपत्र ऐन बमोजिम सूचीकृत कम्पनीले बुझाउनु पर्ने विवरणहरु बुझाउने म्याद असार मसान्तसम्म कायम गर्ने निर्णय गरेको छ । यसले सूचीकृत कम्पनीहरुलाई पनि केही हदसम्म राहत मिलेको छ । हाल नेप्सेमा २०० बढी कम्पनीहरु सूचीकृत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.