इन्टरनेट र बिजुलीको महसुलमा २५ प्रतिशत छुट निरन्तर

  २०७७ वैशाख १८ गते १८:५०     विकासन्युज

काठमाडौं । सरकारले इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिने भएकाे छ । मन्त्रिपरिषद्काे १४ वैशाखको बैठकले यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यद्यपी इन्टरनेट सेवा प्रदायकले भने यस्तो छुट दिन नसकिने अडान लिँदै आएका छन् भने नेपाल विद्यूत प्राधिकरणले मासिक २५० यूनिटसम्म विद्यूत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्यूत महसुलमा पनि १५  प्रतिशत छुट दिने निर्णय गरेको छ ।

प्राधिकरणले मासिक १५०  यूनिटसम्म विद्यूत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्यूत महसुलमा २५  प्रतिशत छुट दिने कार्यलाई समेत सरकारले निरन्तरता दिने निर्णय गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.