अध्यक्ष राणा भन्छिन्ः होटलहरु ठूलाे घाटामा छन्, कर्मचारीलाई तलब दिन सक्दैनौं

  २०७७ वैशाख १८ गते १४:५२     विकासन्युज

काठमाडौं । होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले होटल क्षेत्र अहिले धेरै घाटामा भएकोले कर्मचारीहरुलाई पुरै तलब दिन सकिने अवस्था नभएको बताएकी छन् । बिहीबार काठमाडौंमा पर्यटन सँग सम्बन्धित व्यक्तिहरुसँग भिडियो कन्फ्रेन्समा बोल्दै उनले सो कूरा बताएकी हुन् ।

कोरोना भाइरसको कारण पर्यटन क्षेत्र ठप्प भएकोले होटलहरु पनि नोक्सानमा परेको उनको भनाइ छ । ‘होटल क्षेत्र मासिक करिब दुई अर्ब रुपैयाँ घाटा भइरहेको छ, यो अवस्थामा हामी हाम्रा कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था छैन, दियो भनेपनि पुरै दिन सकिने अवस्था छैन,’ उनले भनिन् ।

उनले होटल क्षेत्रका लागि सरकारले छुट्टै किसिमको प्याकेज ल्याउनु पर्ने बताएकी छन् । होटलहरुलाई सञ्चालन गर्न र कर्मचारीहरुलाई तलब खुबाउनै भएपनि राहत प्याकेज ल्याउनु पर्ने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.