निम्बसले विरगन्जमा विस्तार गर्याे अनलाईन सपिङ : उत्पादन दायरा पनि थप

  २०७७ वैशाख १८ गते १३:५८     विकासन्युज

काठमाडौं । गत चैत नौं गतेबाट निम्बसले आफ्ना ग्राहक वर्गलाई सुरक्षित किनमेलको प्रत्याभुति दिलाउन www.nambusbazar.com मार्फत अनलाईन अर्डरहरु लिन सुरु गर्याे ।

समयक्रमसँगै निम्बसले जनस्तरबाट व्यापक प्रशंसा र सकारात्मक प्रतिक्रियाहरु पउन थालेकोले कम्पनीले आफ्नो सेवालाई देशका विभिन्न भागमा विस्तार गनए रउत्पादनको दायरा बढाउन हौसला प्राप्त गरेको छ । सो सेवा काठमाडौंभित्र मात्र सिमित नगरी देशका अन्य भागमा पनि विस्तार गर्ने उद्देश्यका साथ आफ्नो सेवा देशकै मुख्य व्यापारिक केन्द्र विरगन्जमा पनि विस्तार गरिसकेको छ ।

यस्ता सेवालाई सहज र समयानुकुल बनाउन निम्बसले भुक्तानीका विभिन्न गेटवेहरुबाट अनलाइन भुक्तानी पनि प्रयोग ल्याउन थालेको छ । निम्बसले सधैं आफ्ना सेवा सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राखेको छ र सुरुवात देखिनै न्युनतम अर्डर अनिवार्य गर्ने गरेको छैन ।

निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगाडिया भन्छन्, ‘सेवाग्राहीहरुका लागि हामी सबै प्रक्रिया सहज बनाउन चाहन्छौं र हाम्रो सेवा थप स्तरिय तथा व्यापक बनाउन हामी निरन्तर प्रयत्नशील छौं ।’ वितरण लगायतका सम्पूर्ण प्रत्यक्ष र अप्रत्यक्ष कर्मचारीहरुलाई समेत व्यक्तिगत स्वास्थ्य, स्वस्थकर अभ्यास र बारम्बार साबुन पानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने विषयमा निरन्तर प्रशिक्षण दिँदै आएको छ ।

यस्तै कर्मचारीहरुलाई मास्क पिपिई, पन्जा, सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै डेलिभरिको समयमा आवश्यक सामाजिक दुरी कायम गर्न सिकाइएको छ । साथै कम्पनीले आफ्ना सबै कर्मचारीहरुलाई शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कोभिड इन्सुरेन्स प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.