‘सलाम’ लिएर आए सचिन सिंह (भिडियोसहित)

  २०७७ वैशाख १७ गते १७:४१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ५४ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोता र दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा सचिन सिंहको शब्द र सङ्गीतमा रहेको गीत ‘सलाम’ सार्वजनिक भएको छ । गोपाल रसाइलीको एरेञ्ज, किरण गोर्खाको मिक्सिङ र माष्टरिङ, रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा कोरोनाको कहरमा रातदिन खटिरहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको कार्यलाई ‘सलाम’ भनिएको छ । ‘यस्तो विषम परिस्थितिमा दिनरात घटिने सबैको हौसला अझ बढाउने र यस सम्बन्धित सचेतनाका लागि गीत सार्वजनिक गरिएको हो’ सचिनले भने । गीतको भिडियोलाई आदर थापाले सम्पादन गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीप श्रेष्ठ, तुलसी घिमिरे, सुनिल थापा, ललित गोले, मिथिला शर्मा, शुरेस कुमार, योगेश्वर अमात्य, एड्रिन प्रधान, थुप्तेन भुटिया, विक्रम पराजुली, शुमनकुमार श्रेष्ठ, थहिना थापा, मदन भुजेल, संजय प्रसाद, अजय राई, योनदेन भुटिया, उमेश उपमा, अनमोल गुरुङ, मेलिना राई, सुनिता लिम्बु प्रधान, धिरेन शाक्य, नरेश भण्डारी, करुण थापा, होमनाथ न्यौपाने, सुनिल मास्के, निर्मल शर्मा, वीेरेन्द्र सिंह, रिऋा सुब्बा, अल्का थापा, हसना शाक्य, राजु तामाङलगायतलाई फिचरिङ गरेका थिए ।

भिडियाे हेर्न  क्लिक गर्नुहाेस् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.