८० करोड भारुकाे सम्पति थियाे अभिनेता इरफान खानसँग, यस्ताे छ उनकाे जीवन यात्रा

  २०७७ वैशाख १७ गते १३:१२     विकासन्युज

काठमाडौं । इरफान खान बलिउडका उम्दा अभिनेता हुन् । उनले बलिउडमा जुन उचाई लिएका छन्, त्यो आफैमा लोभलाग्दो छ । बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका उनी भारतको जयपुर, राजस्थानमा सन् १९६७ जनवरी ७ मा जन्मिएका थिए ।

इरफानका पिता साहबजादा यासीन अली खान उद्यमी थिए । आमा गृहणी । उनका दुई भाई छन्, सलमान खान र इमरान खान । रुखसाना बेगम नामकी एक बहिनी छिन् । उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य बिद्यालयमै आवद्ध थिइन् । उनीहरुको कोखबाट दुई छोरो जन्मिए, अयान खान र बबिल खान ।

पहिलो फिल्म

इरफानले ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरे । सन् १९६७ मा । त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै तल्लिन रहे । यसबीचमा इरफानले हसिल, लाइफ इन ए ..मेट्रो, पान सिंह तोमर, लन्च बक्स, जुरासिक वल्र्ड, लाइफ अफ पाई जस्ता हलिउड, बलिउड फिल्ममा अभिनय गरे ।

आफ्नो नाममा ‘आर’

इरफान खान अंग्रेजीमा आफ्नो नाममा दुई वटा आर राखे, आइआरआरएफएएन । अर्थात इरफान । कतिले भन्छन् कि, अंकज्योतिषको कारण इरफानले आफ्नो नाममा एक अर्को आर जोडेका हुन् । तर, इरफानलाई त्यसको साउन्ड राम्रो लागेकाले आर जोडिएको बताएका थिए ।

खान नामले हैरानी

इरफान खानले आफ्नो नामको पछाडि जोडिन आउने खानको कारण यदाकदा दुख झेलेका छन् । अमेरिकी विमानस्थलमा उनलाई कति पटक रोकेर सोधपुछ गरिएको थियो ।

क्रिकेटर बन्न चाहन्थे

इरफान खान त्यसताका अभिनेता बन्ने सोचमा पुगेकै थिएनन् । खासमा उनी क्रिकेटर बन्न चाहन्थे । तर, उनको भाग्यमा अर्कै लेखिएको रहेछ । उनी क्रिकेटर बनेनन्, अभिनेता बने ।

कार्टुन बनाउथे

करियरको पूवाद्र्धमा इरफान खान कार्टुन बनाउथे । स्थानिय अखबार दैनिक भास्कर र स्वदेशमा उनले कार्टुन बनाए । दिल्लीको श्रीधरणी आर्ट ग्यालरीमा आफ्नो चित्र प्रदर्शन गर्ने क्रममा उनी नवभारत टाइम्समा जोडिए । त्यसपछि उनी अरु थुप्रै मूलधारका पत्रिकामा कार्टुन बनाउन थाले ।

बरिष्ठ कार्टुनिस्टको चिनारी बनाइरहेकै बेला उनले आफ्नो टक शो होस्ट गरे, एनडिटिभीमा । यो सन् २००३ को कुरा हो । पछि एशियाई कार्टुन प्रदर्शनीमा पनि उनी भारतको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा कार्टुन देखाउन पुगेका थिए ।

त्यसबेला उनी करियरको सुरुवाती चरणमा थिए । उनी सडकमा थिए । दुखपूर्ण जीवन थियो । ठिक त्यही बेला उनको जीवनमा एक युवती आइन्, सुतपा ।

तर, त्यसभन्दा अगाडि उनले अर्को दुखको सामना गर्नुप¥यो । बुबाको मृत्यु भयो । घरको आयस्रोत सबै बन्द भयो । इरफानलाई घरबाट पैसा आउने बाटो बन्द भयो । यस्तै दुखदायी क्षणमा उनले अभिनय सिके । र, त्यसकै लागि निरन्तर डटिरहे । अन्तत टेलिशृंखला हुँदै उनी फिल्मी दुनियाँमा छिरे ।

इरफानको सम्पति

इरफानले एउटा फिल्ममा अभिनय गरे बापत भारु १२ देखि १४ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका थिए । उनको मुम्बईमा एक फ्ल्याट छ, जसमा उनी आफ्ना परिवारसँग बस्थे । त्यस फ्ल्याइटको मूल्य भारु करिब तीन करोड हो । इरफानसँग चारवटा गाडी थियो । उनीसँग करिब भारु ८० करोड बराबरको सम्पति भएको बताइन्छ ।

ओस्कार विजेता

इरफानले ‘स्लमडग मिलियनेयर र लाइफ अफ पाई’ फिल्ममा काम गरे । यी दुबै फिल्मले केही विधामा ओस्कार अवार्ड जितेको थियो । भारतीय सञ्चार माध्यमको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.