निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित

  २०७७ वैशाख १७ गते १२:११     विकासन्युज

काठमाडौं। भोली बिहीबारका लागि तय भएको नेपाल वायु सेवा निगमको दक्षिण कोरिया चार्टर्ड उडान स्थगित भएको छ । बिहीबारका लागि कोरियामा कार्यरत नेपाली कामदार लैजान निगमको उडान तय भएको थियो।

दक्षिण कोरिया लैजान लागिएका सबै कामदारको स्वास्थ्य परीक्षण गर्नुपर्ने र समय लाग्ने भएकोले तत्कालका लागि उडान स्थगित गरिएको निगमले बताएकाे छ।

दक्षिण कोरियाबाट विदामा आएका दुई सय ८० जना नेपाली कामदार रोजगारी गन्तव्यमा फर्किन लागेका भएपनि उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । उडानको अर्को मिति भने तय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.