लकडाउनको समयमा १ सय ५ फर्मको अनुगमन, १५ दिनमा ३२ कम्पनी कारबाहीमा

  २०७७ वैशाख १७ गते ११:००     सुनिता पुडासैनी

काठमाडौं । लकडाउनको अवधिमा १ सय ५ व्यवसायी कम्पनी कारबाहीमा परेका छन् । गत चैत ११ गतेदेखि मुलुकभर लकडाउनको अवधिमा गैरखाद्य तथा गुणस्तरहिन सामान बिक्री गर्ने १ सय ५ कम्पनी कारवाहीमा पारेका छन् ।

विभागले जरिवानाबाट ४७ लाख ५० हजार रकम असुल गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए ।

वैशाखको १ गतेदेखि १५ गतेसम्म ५५ वटा खाद्य तथा व्यवसायी कम्पनीमाथि अनुगमन भएकोमा ३२ वटा कम्पनीलाई कारबाही भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

उनका अनुसार जरिवाना रकम वापत बैशाख महिनाको १५ गतेसम्म ३८ लाख २० हजार रुपैयाँ उठेको  छ । त्यस्तै, चैत महिनाभरमा १ सय ६९ वटा खाद्य, पानी व्यवसायी माथि अनुगमन गर्दा ३२ वटा व्यवसायिक कम्पनी कारबाहीमा परेका छन् ।

चैत महिनामा २३ लाख ४५ हजार रुपैयाँ जरिवाना रकम असुल गरिएको छ । पाँच वटा वाणिज्य कार्यालयका ४८ जना कर्मचारीहरु बजार अनुगमनमा खटिरहेको विभागका प्रवक्ता आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.