आफ्नो सामाजिक संजालकाे अकाउन्टलाई कसरी सुरक्षित राख्ने ?

  २०७७ वैशाख १७ गते १०:५५     विकासन्युज

काठमाडौं । इन्टरनेटले हाम्रो जिवनलाई धेरै तरिकाबाट सजिलो गराइदिएको छ । तर,इन्टरनेटले जीवनलाई सजिलो मात्र नभएर कठिन पनि बनाइदिन सक्छ । इन्टरनेटमा तपाई जहिले पनि आफ्नो गोपनियतालाई सुरक्षित राख्न र ठगिनबाट जोगिन पर्दछ । याद गर्नुहोस् इन्टरनेटको माध्यमबाट मानिसले तपाईसँग सम्बन्ध नजिक मात्र बनाउँदैन तपाइको बैकं खाताहरुको गोपनियताहरु चोरेर तपाईलाई चुर्लुम्मै  डुबाउन पनि सक्छन् ।

यस्ता ठगहरुले तपाइलाई इमेलमार्फत संम्पर्क गरेर तपाईमार्फत अकाउन्टको पासवर्ड प्राप्त गर्ने धेरै प्रयास गरिरहेका हुन्छन् । त्यसैले कसैले पठाएको ईमेल, फेसबुक मेसेजहरुको हतारमा प्रतिकृया दिनुहुँदैन ।

तपाईले यसरी आफ्ना सामाजिक संजालको अकाउन्टलाई सुरक्षित राख्न सक्नुहुनेछ ।

प्राईभेसी सेटिङ्ग

सधैँ सामाजिक संजालमा अकाउन्ट खोल्दा त्यसको प्राईभेसी सेटिङ्गमा गएर पहिला अकाउन्ट गोपनियतालाई कायम राख्नुहोस् । कुनै पनि सुचनाहरु सामाजिक संजालमा सेयर गर्दा त्यसलाई कसले हेर्ने मिल्ने नमिल्ने सबै बनाएर गरेर मात्र सेयर गर्नुहोस् ।

बायोग्राफिकल इन्फरमेसन

धेरै सोसल मिडिया अकाउन्टले तपाईको वृस्तित विवरणहरु खोज्ने गर्दछ जस्तै तपाई कहाँ काम गर्नुहुन्छ, कहाँ बस्नुहुन्छ, तपाईको परिवारमा को–को छन् ईत्यादि । यसलाई तपाईको बायोग्राफिकल ईन्फरमेसन भनिन्छ । जहिले पनि सामाजिक सन्जालमा कति भन्नुपर्ने वा देखाउनु पर्ने त्यति मात्र लेख्नुहोस् । आफ्नो व्यक्तिगत सुचनाहरु सबै बाहिर नल्याउनुहोस्

अकाउन्ट इन्फरमेसन

कहिले पनि आफ्नो कुनै पनि सामाजिक संजालको अकाउन्ट र पासवर्ड, बैंकको खाताको पासवर्ड, सामाजिक सुरक्षा कोषको नम्बर कसैसँग पनि सेयर नगर्नुहोस् ।

याद राख्नुहोस् तपाईको आफ््नो भन्नेले पनि तपाईलाई डुबाउन बेर लगाउँदैनन् ।

सामाजिक संजालमा ध्यान लिएर साथी बनाउनुहोस्

जहिले पनि सामाजिक संजालमा कोही साथीलाई जोड्दा म यो सामाजिक संजाल किन चलाईरहेको छु भन्नेमा प्रस्ट हुनुहोस् । कुनै पनि नयाँ व्यक्तिसँग सामाजिक सजालमा जोडिँदा उसको बारेमा पुर्ण रुपमा जानकार भएपछि मात्र जोडिनुहोस् ।

यसरी तपाई सामाजिक संजालबाट हुनसक्ने ठगीहरुबाट केही थप सुरक्षित बन्न सक्नुहुनेछ

१‍. जहिले पनि बलियो पासवर्डको प्रयोग गर्नुहोस् र समय समयमा पासवर्ड बद्लिरहनुहोस् ।
सबै अकाउन्टमा भिन्न भिन्न पासवर्ड राख्नुहोस् ।

२. सार्वजनिक कम्पुयटरहरु प्रयोग गर्दा जहिले पनि सर्तक हुनुहोस् । एकपटक यस्तो कम्पुयटर प्रयोग गरिसकेपछि पर्ण रुपमा लगवाउट भएपछि मात्र कम्पुयटर छोड्नुहोस् ।

३. सामाजिक संजालमा आएका कुनै पनि लिंक किल्क गर्नुभन्दा अगाडी सोच्नुहोस् । त्यो तपाईको साथीले पठाएको भने पनि सोच्नुहोस्

४. आफ्नो मोबाईलमा पनि सामाजिक संजालका पासवर्डहरु सुरक्षित राख्नुहोस् । यो गर्न जरुरी छ किनभने धेरैको मोबाईल सामाजिक संजालको अकाउन्टसँग लिंक गरिएको हुन्छ जसले फोन चोरी भएको अवस्थाममा पनि पासवर्डहरु सुरक्षित रहुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.