कोरोना विरुद्ध लड्न कोका-कोलाले ८ करोड रुपैयाँ सहयोग गर्ने

  २०७७ वैशाख १६ गते २०:०९     विकासन्युज


काठमाडौं । कोभिड-१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न कोका-कोलाले ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने भएको छ । कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

कोका-कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाखभन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने कम्पनीकाे उद्देश्य रहेको छ ।

नेपालमा कोका-कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको छ ।

यसका साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । यी पहलहरु-पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको हो ।

कोका-कोलाले नेपालमा समुदायहरुलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ । कोका-कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन् ।

कोका-कोला अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने, ‘महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ । नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.