एशियनले प्रुडेन्सियल इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा

  २०७७ वैशाख १६ गते १७:०४     विकासन्युज


काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सबै कर्मचारीहरुको कोरोना भाइरस(कोभिड १९) बीमा गराएकाे छ । कम्पनीले सबै कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको बीमांकको बीमा गराएको हो ।

उक्त बीमालेख प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मार्फत जारी गरिएको कम्पनीले जनाएको छ । यस बीमालेखबाट यस कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सम्भावित आर्थिक जोखिम बहन गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

साथै, यस बीमालेख अन्तर्गत कम्पनीको कुनै कर्मचारीलाई पीसीआर परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको अवस्थामा बीमकले एक लाख रुपैयाँ भुक्तानी गर्ने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.