लकडाउन : दुई करोडको च्याउ नोक्सानमा

  २०७७ वैशाख १६ गते १६:३२     विकासन्युज

काठमाडौं । कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब दुई करोडबराबरको च्याउ नोक्सान भएको छ ।
च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पु¥याउन नसक्दा सो मूल्य बराबारको क्षति पुगेको जानकारी दिए । जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा एक सयभन्दा बढी किसानले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् ।

माइपश्चिमका गौरादह–९ स्थित नमूना च्याउ उद्योगको करिब पाँच लाख, सीता च्याउ उद्योगको ६ लाख, कुलश च्याउ उद्योगको पाँच लाख, ढुङ्गाना च्याउ उद्योगको १० लाख र कल्याण तथा कृतिसा च्याउ उद्योगको पाँच लाख रुपैयाँ बराबरको च्याउ घाटा व्यहोर्नुपरेको सङ्घले जनाएको छ ।

यस्तै कमल गाउँपालिकाका विभिन्न च्याउ किसानका करिब ३० लाख, शिवसताक्षीका किसानको करिब ३० लाख र दमक नगरपालिकाका च्याउ किसानका करिब ४० लाख रुपैयाँको च्याउ नोक्सान भएको छ ।

यहाँका किसानले उत्पादन गरेका च्याउ बन्दाबन्दीले गर्दा जिल्ला बाहिरका ठूला बजारसम्म पुर्याउन सकेका छैनन् । हाटबजार, पसल तथा यातायातका सवारी साधन बन्द हुँदा दैनिक उत्पादन हुने ठूलो परिणामको च्याउमा ठलो घाटा व्यहोर्नु परेको संयोजक गौतम बताए ।

बन्दबन्दीबाट प्रभावित जिल्लाका च्याउ किसानले बन्दाबन्दी लम्बिँदै गएपछि उद्योग धरासायी बन्ने अवस्थामा पुगेको किसानको गुनासो छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.