भरतपुरको कोरोना अस्पतालमा अख्तियारले छापा मार्याे

  २०७७ वैशाख १६ गते १५:५७     विकासन्युज

काठमाडाैं ।भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि आयोगले अस्पतालमा छापा मारेको हाे ।

मंगलबार दिउँसो हेटौंडाबाट गएकाे अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.