कोरोना अपडेटः ९ लाख २२ हजार संक्रमित निको भए, मृतककाे संख्या २ लाख नाघ्याे

  २०७७ वैशाख १६ गते ८:१४     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख ६४ हजार २ सय २५ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ११ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ भने ९ लाख २२ हजार ३ सय ८७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५६ हजार ७ सय ९७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख १० हजार ३ सय ५६ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने अहिलेसम्म ९ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ५२ जना संक्रमित भएका छन् भने १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.