रियल फ्रुट जुसको बोतलमा भेटियो ठोस पदार्थ, कम्पनी भन्छ, ‘हाम्रो कमजोरी होइन’ (भिडियाेसहित)

  २०७७ वैशाख १५ गते १६:२४     विकासन्युज

काठमाडौं । अहिले समाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । भिडियोमा एक घरको परिवारले रियल फ्रुट जुसको बोटल खोलेर जुस पिउन खोज्छन् ।

सुरुमा बोतलमा भएको जुस चार कपममा राखिन्छ । अन्तिम राख्ने समयमा सो बोतलको सतहमा एउटा डरलाग्दो ठोस पदार्थ देखिन्छ । त्यो ठोस पदार्थ देखेर त्यहाँ भएका सबै मानिसहरु डराउँछन् ।

बोतलमा भएको जुस नपिउनु मात्र होइन सबैलाई सचेत बनाउनका लागि त्यतिखेरै एउटा भिडियो बनाउँछन् र सामाजिक सञ्जालमा राखेका छन् । त्यही भिडियो अहिले भाइरल बनेको छ । यो भिडियोले अहिले सबैलाई त्रसित पनि बनाएको छ ।
बोतलको सतहमा टाँसिएर रहेको त्यो वस्तु के हो ? कसैलाई थाहा छैन ।

डर लाग्दो र अघुलनशिल त्यो वस्तु जुसको बोतलमा कसरी पस्यो भन्ने कुरा सबैको चासोको विषय बनेको छ । त्यसैले पनि अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

डाबर नेपाल कम्पनी लिमिटेड द्वारा उत्पादित रियल फ्रुट जुसमा त्यस्तो वस्तु कसरी पस्यो भन्ने अहिले सबैको जिज्ञासाको विषय मात्र होइन आफुलाई बजारमा एक नम्बर भनेर दावी गर्ने डाबर कम्पनीको काममाथि नै नागरिकले प्रश्न खडा गरेका छन् ।

तर, सो रियल फ्रुट जुस उत्पादन गर्ने डाबर नेपालभने त्यो गल्ति र कमजोरी कम्पनीको नभएको दावी गर्छ । डाबर नेपाल कम्पनीकी मिडिया म्यानेजर गीता खड्काले त्यो भिडियो कम्पनी समक्ष पनि आइपुगेकोले आफुहरुले पनि त्यसको बारेमा अध्ययन गरिरहेको बताइन् ।

‘हामीले त्यो भिडियो हेरौं, भिडियो खिच्ने ग्राहकसँग पनि बुझ्यौं, उहाँले दुई तीन महिना अगाडि किनेको प्रडक्ट रहेछ, हामीले उहाँसँग सबै डिटेल मागेका छौं, यो बजारमा कहिलेकाँही सामानको ओसारपसार गर्दा हुने समस्याका कारण यस्तो हुन्छ, प्रडक्ट माथि सामान राख्दा पनि कहिले काँही यस्तो हुन्छ’ उनले भनिन् ।

पसलेले भिजेको ठाउँमा सामान स्टोर गर्दा, क्याप खोलेर राख्दा र रेफ्रीजेटरमा नराख्दा पनि यस्तो हुने भएकोले यसमा ग्राहकले सचेत हुन पर्ने उनको भनाइ छ । यो अटोमेटिक प्याक हुने प्रडक्ट भएकोले यसमा मानविय कमजोरी नहुने उनले बताइन् ।

‘यो कम्पनीको र डिलरको समस्या पनि होइन, यसमा ग्राहक आफुले नै सचेत हुनुपर्छ, उनले भनिन् । सामान ओसार पाेसार गर्दा वा ग्राहकले धेरै महिना अगाडि किनेर यस्तो भएको हुन सक्ने उनको भनाइ छ ।

भिडियाेः

Gepostet von Nima Sherpa am Freitag, 24. April 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.