प्राइम लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको गर्यो कोरोना बीमा

  २०७७ वैशाख १५ गते १४:४२     विकासन्युज


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । इन्स्योरेन्सले सम्पूर्ण कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको बीमालेख प्रदान गर्ने निर्णय गरेको हो ।

हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।

साथै, हालै बीमा समितिबाट सञ्चालनमा आएको कोभिड-१९ रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.