नेपालमा कोरोना संक्रमितकाे संख्या ५२ पुग्यो

  २०७७ वैशाख १५ गते १०:४९     विकासन्युज

काठमाडौं । झापामा आइतबार साँझ थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

नेपालमा आइतबारसम्म काेराेना जितेर घर फर्किनेकाे संख्या १६ रहेकाे छ ।  हाल देशभर १७ हजार २५ जना क्वारेन्टीनमा रहेका छन् भने आइसाेलेसनमा १ सय १० रहेका छन् ।

हालसम्म नेपालमा  पिसिआर र आरडिटी विधिबाट ५१ हजार ३ सय ६६ वटा परीक्षण भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.