जहाँको ‘हाछ्यूँ’ बाट कोरोना संक्रमण शुरु भयो त्यहाँका सबै संक्रमित डिस्चार्ज

  २०७७ वैशाख १५ गते ८:२५     विकासन्युज

काठमाडौं । चाइना नेशनल हेल्थ कमिशनका प्रवक्ता मि फेंगले भनेका छन् कि वुहानमा कोरोना भाइरसबाट संक्रमित कुनै पनि विरामीहरु अस्पतालमा बाँकी छैनन् । सबैलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । वुहान चीनको त्यही शहर हो, जहाँबाट कोरोना भाइरसको संक्रमण शुरु भएको थियो ।

‘स्वास्थ्यकर्मीहरुको कडा मेहनतको परिणाम बुहानमा भर्ना गरिएका सवै संक्रमित निको भएका छन्,’ मिले भनेका छन् । वुहानमा गत शनिवारसम्म संक्रमितहरुको कूल संख्या ४६ हजार ४ सय ५२ थियो ।

भनिँदैछ कि वुहानको ‘हाछ्यूँ’ बाट नै सारा दुनियाँमा महामारी फैलियो । अब यसै शहरका सवै संक्रमित निको भएर अस्पतालबाट बाहिर आएका छन् । संक्रमण फैलिएपछि चीनको हुबे प्रान्तको यो शहर ७६ दिनसम्म पूर्ण रुपमा बन्द गरिएको थियो । त्यहाँ पहिलो संक्रमित गत डिसेम्वरको मध्यतिर फेला परेका थिए ।

(श्रोतः बीबीसीडटकम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.