मेडिकल उपकरण ल्याउन चीनको ग्वान्झाउ गयाे हिमालय एयरलाईन्स्, भोली फर्किने

  २०७७ वैशाख १४ गते १९:१४     विकासन्युज


काठमाडाैं । नेपाल चीन जोईन्ट भेन्चर हिमालय एयरलाईन्स्ले कोभिड-१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन कार्गाे चाटर्ड उडान गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि नेपाल सरकारले मेडिकल सामाग्री आयातमा बढावा दिएको छ ।

हिमालय एयरलाईन्स्ले यस उडानका लागी आवश्यक लजिस्टिक सेवाका लागि नियमक निकायहरुबाट स्विकृित पाएको थियो । सोही अनुसार सबै प्रकारका आधारहरु पुरा गरेर ग्वान्झाउ उडान भरेको हो ।

हिमालय एयरलाईन्स्को A320-214, 9N ALW ले आज साँझ ५ बजेर २१ मिनेट मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भरेको छ । उक्त जहाज आजै राती १२ बजे चीनको ग्वान्झाउ बाइयुन अन्तरराष्ट्रिय विमानस्थल पुग्ने तालिका रहेको छ भने मेडिकल सामाग्री लिएर भोली विहान ३ बजेर ३० मिनेट (स्थानिय समय) मा नेपाल फर्किने तालिका रहेको छ । उक्त जहाज भोली विहान ७ बजेर १५ मिनेट (स्थानिय समय) मा काठमाडौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

‘महिना दिन लामो लकडाउन पश्चात यात्री उडान बन्द भईसकेपछि पहिलो पटक मेडिकल सामाग्री ल्याउन स्विकृति पाईएको छ, जुन हाम्रो लागि स्वागतयोग्य अवसर हो । हामी यस उडानलाई काेभिड-१९ मेडिकल आपूर्तिहरू ल्याउनको लागि एक अत्यावश्यक सेवाको रूपमा संचालन गर्न पाउँदा खुसी छौं, जसले हाम्रो देशलाई महामारीको विरूद्ध लड्न मद्दत गर्दछ,’ उपाध्यक्ष विजय श्रेष्ठले भने । ‘क्यानको विशेष अनुमति प्राप्त गरेपछि, नेपाल सरकारले निर्देशन गरे अनुसार हाम्रा उडान सदस्यहरु स्वास्थ्य सुरक्षाका उपायहरु पालना गरी चीनतीर लाग्दै हुनुहुन्छ ।’

उक्त कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायत अन्य औषधिजन्य सामाग्री ल्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.