एलपी ग्याँस उद्योग संघले कोरोना कोषमा दियो १५ लाख रुपैयाँ

  २०७७ वैशाख १४ गते १८:५५     विकासन्युज


काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघद्धारा नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । ग्याँस उद्योग संघ तर्फबाट अध्यक्ष गोकुल भण्डारीले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सोमबार उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा ग्याँस उद्योग संघका पुर्व अध्यक्ष तथा अन्य विभिन्न पदाधिकारीहरु समेत उपस्थित थियो । सो कार्यक्रममा मन्त्री भट्टले मुलुकमा रहिरहेको लकडाउनले आम सर्वसाधारणहरुको जीवनयापनमा आइपरेको संकटको यस घडीमा समेत ग्याँस उद्योग संघले खाना पकाउने एलपी ग्यास अभाव हुन नदिएकोमा व्यवसायीहरुलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.