कोरोना संक्रमणबाट निको हुनेको संख्या साढे ८ लाख, संक्रमित भने ३० लाख नजिक

  २०७७ वैशाख १४ गते ८:५१     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ बजसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख २० हजार ८ सय ७७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३ हजार २ सय ७२ जनाको मृत्यु भइसकेको छ भने ८ लाख ३६ हजार ९ सय ४१ जना निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख ६० हजार ६ सय ५१ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ भने अहिलेसम्म ८२५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् भने १२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.