‘स्टार्टअप्’ हरुलाई अहिलेको अवस्था – निराश हुनेकि अवसरमा परिणत गर्ने !

  २०७७ वैशाख १३ गते १९:३८     उत्सब भट्टराई

उत्सब भट्टराई प्रबन्धक, हेरचार डटकम

काठमाडाैं ।  विश्वभरी महामारीको स्वरुपलिदै फैलिएको कोरोना भाइरस (कोभिड –१९) ले जसरी दिनप्रति दिन मानव अस्तित्वलाई समाप्त पार्न खोज्दैछ । त्यसैगरी विश्वभरीका वैज्ञानिकहरु पनि यो महामारीबाट कसरी बच्न सकिन्छ भन्ने कोसिसमा लागी परेका छन् ।

यसले अहिले वैज्ञानिकहरुलाई ठूलै चुनौतीसँगै अवसर पनि दिएको छ । भोलिको मानव सभ्यतालाई जोगाई राख्न ! विश्व अर्थतन्त्रमा अहिले यो महामारीले पारेको असर र आगामी दिनमा निम्त्याउन सक्ने अवस्थाबारे सबै विश्वस्थ छन् । जसनुसार सबै आ–आफ्नो तयारीमा समेत लागि सकेका छन् ।

यस विषय परिस्थिति सबैभन्दा छिटो असर गर्ने र निराश भएर धरासायी हुने अवस्था आउने भनेको नयाँ सोच र जोस लिएर अगाडी बड्न खोज्ने ‘स्टार्ट अप्’ हरु नै हुन् ।

निराश अनि धरासायी हुन सक्ने अवस्थाहरु ?
१. सिमित आर्थिक अवस्थाबाट सुरु गरिएको उद्योग, व्यापार भएको हुनाले धेरै दिनको बन्दले आर्थिक अवस्था नाजुक हुनु ।
२. बैंकको ऋणमा लाग्ने व्याजदरको भार ।
३. दुख अनि धेरै मेहनत पछि जम्मा भएको एक परिवार जस्तै कर्मचारीहरुलाई सही सन्तुलन गर्न नसक्नु ।
४. व्यापार विनाको खर्चको भार जस्तै : घर भाडा, बत्ति, इन्टरनेटको शुल्क भुक्तानी, कामदारको उचित ज्याला व्यवस्थापनमा समस्या ।
५. दक्ष कामदारको अभाव ।
६. शुरुदेखि सुरुवात गर्नुपर्ने अवस्था ।

यी त केही उदाहरण मात्र हुन् यस्ता धेरै कारण छन् जसले ‘स्टार्ट अप्’ हरुलाई निकै समस्या पर्न सक्ने पक्का छ । अहिले नै यसको बारेमा सोचेर सहि अनि सटिक योजना बनाउ सकिएन भने हामी जस्ता ‘स्टार्ट अप्’ हरुलाई स्टार्ट हुनु अगाडी नै इन्ड हुनलाई समय नलाग्ने पक्का छ ।

नयाँ जोश अनि जागरका साथ केहि गरौं भन्ने अठोट लिएका युवाहरुलाई अहिलेको अवस्थाले निराशंसँगै अब झन दिगो योजना सहित अगाडी बढ्ने अवसर पनि प्रधान गरेको छ । हामी यस अवस्थामा संयम भएर अगाडी बढ्नु जरुरी छ ।

यसरी बढौं अगाडी :
१. सबैभन्दा पहिले आफुले आफैलाईआत्मविश्वासी बनाई अगाडी बढौं ।
२.हिजोका योजनाहरुमा हामी कहाँ पुगेका छौं त्यसमा रहेका बाकी कार्यलाई सम्पादनको योजना बनाउ ।
३.सफल ब्यस्थापन गर्नको लागि आफ्नो टिमसंग अहिलेको अवस्था अनि आउनसक्ने समस्याको बारेमा छलफल गरौं ।
४.आर्थिक अवस्था सबल बनाउन स–सानो तर दिर्घकालिन कार्य योजना बनाइ अगाडी बढौ ।
५. आफ्नो कर्मचारीहरुलाई संयम बनाउन अनि आत्मबिश्वास बढाउन उचित योजना सहित प्रशिक्षण तथा तालिमको व्यवस्था गरौं ।

यसरी संयम अनि दिर्घकालिन योजना नै अबको दिनमा अगाडी बढ्ने एकमात्र उपाय हो । नेपाल सरकारले हामी जस्ता ‘स्टार्ट अप्’ हरुलाई यस्ता विषय परिस्थितिमा अगाडी बढ्न अनि आफ्नो योजना सफल बनाउन ठोस कदम चाल्न जरुरीरहेको अहिलेको बेला केहि दिर्घकालीन योजना ल्याउन सबैले पहल गर्नुपर्ने आवश्यकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.