सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी

  २०७७ वैशाख १३ गते १५:५४     विकासन्युज

काठमाडौं । सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत तिर्न सकिनेछ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकवर्गहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत प्रिमियम तिर्न सकिने सेवा फोन पेको शुरुवात गरेको छ ।

अनलाईन पेमेन्ट सिस्टम फोन पेको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहज रुपमा भुक्तानी गर्न सकिनेछ ।

कम्पनीले सदैब आधुनिक तथा नविनतम प्रबिधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अघि पनि ई सेवा तथा डिजिटल बैङ्किङ्ग मार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो । यस फोन पे एपले बीमा शुल्क तिर्न थप विकल्पको साथै थप सहजता प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.