जनप्रतिनिधिहरुको सक्रियता पछि फर्किन थाले मकवानपुरका मजदुर घर

  २०७७ वैशाख १३ गते १२:४३     विकासन्युज

काठमाडौं । लकडाउनको कारणले काठमाडौं र पोखरामा अलपत्र परेकाहरु मकवानपुर फर्किन थालेका छन् । संभिर सांसद र स्थानिय तहको सक्रियता पछि मकवानपुरका नागरिकहरु जिल्ला फर्किन थालेका हुन ।

मकवानपुरका संघिय सांसद कृष्ण प्रासद दाहाल, विरोध खतिवडा, रामचन्द्र राई, प्रदेश सांसद प्रेम पुलामी, इन्द्रबादुर बानिया तथा गाउँपालिका र वडासगँको संयोजनमा मकवानपुका नागरिकहरुलाई देशैभरबाट उद्धार सुरु भएको छ ।

काठमाडौंमा अलपत्र परेकाहरुका लागि पुरानो नारायणी यातायात कम्पनी प्रालि र नयाँ नारायणी यातायात कम्पनी प्रालिको सहयोगमा बस व्यवस्थापन गरि उद्धार भइरहेको हो ।

पुरानो नारायणी यातायात कम्पनी प्रालिका सचिव ठाकुरनाथ सुवेदीले कम्पनीले बसको व्यवस्थापन गरि लकडाउनको कारणले काठमाडौंमा रहेकाहरुलाई जिल्ला ल्याउन थालिएको बताए । उनले भने २० वटा बस मार्फत उद्धार मकवानपुर जिल्लाकालाई ल्याएको जानकारी दिए ।

मकवानपुरको कैलाश गाउँपालिकामा रहेकाहरुलाई दश वटा बस मार्फत काठमाडौंमा ज्वरो जाँच गर्ने, मास्क, ग्लोव्स र स्यानीटाइजरको प्रयोग गरेपछी मात्र बसमा राखेर मजदुरी गर्दै आएका नागरिकलाई ल्याउन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.