कोरोना उपचार कोषमा जीवन बीमक संघले गर्याे करिब साढे चार करोड सहयोग

  २०७७ वैशाख १२ गते १६:२८     विकासन्युज

काठमाडौं । कोरोना रोकथाम तथा उपचार कोषमा जीवन बीमक संघले एक मुष्ट ४ करोड ४९ लाख ५१ हजार सहयोग गरेका छन् । जीवन बीमक संघसँग आवद्ध जीवन बीमा कम्पनी एकमुष्ट ८२ लाख ५० हजार र सोझै उक्त कोषमा ३ करोड ६७ लाख एक हजार गरी जम्मा ४ करोड ४९ लाख ५१ हजार योगदान गरेका हुन् ।

जीवक बीमक संघ नेपाल सम्पूर्ण बीमित, ग्राहक तथा अभिकर्तामा सेवा तथा सूचनाको लागि सम्बन्धित जीवन बीमा कम्पनीद्धारा जारी गरिएको सूचना बमोजिम आवश्यक सम्पर्क गरी सिमित सेवा तथा जानकारी लिन हुन आग्रह गरेको छ ।

जीवन वीमक संघ यस विषय परिस्थितिमा सम्पूर्ण बीमित, कर्मचारी, अभिकर्ता तथा सावुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.