जेठसम्मकाे लागि खाद्यान्न मौज्दात छ, त्यसपछि भन्न सकिदैनः दाल चामल उद्याेग संघ

  २०७७ वैशाख १२ गते १४:०३     राजाराम न्याैपाने

काठमाडौं । नेपालमा चामल, तेल, दाललगायका खाद्यान्न जेठ महिनासम्मको लागि मौज्दात रहेको नेपाल चामल तेल दाल उद्योग संघले जानकारी दिएको छ । हाल नेपालमा लकडाउनको कारणले ३१ दिनदेखि अतिआवश्यक बस्तु बाहेका अरु उद्योग, कलाकारखाना बन्द रहेका छन् । लकडाउनका कारण विश्वमा नै खाद्यान्य संकट बढेर भाेकमरी हुुन सक्ने अन्तराष्ट्रिय संस्थाहरूले बताएका छन् ।

नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोध कुमार गुप्ताले जेठ महिनासम्मका लागि खाद्यान्नको मौज्दात रहेको बताए । त्यसपछिको अवस्था के हुन्छ भनेर अहिले नै भन्न नसकिने उनकाे भनाइ छ ।

‘मलाइ लाग्छ १५ दिनपछि हामी सामन्य अवस्थामा पुग्नेछौं, हामीले सघंसगँ कति महिनालाई पुगने खाद्यान्य छ भनेर मात्रै भन्ने हो, प्रतिमहिना कुन खाद्यान्य कति खपत हुन्छ भनेर तथ्यांक विभागले भन्ने हो, तर तथ्यांक विभागसगँ त्यस्तो डाटा नै रहेनछ,’ गुप्ताले भने ।

नेपालमा अभाव भएको भनेको मुसुरोको दहाल मात्रै हो । मुसुरोको दहाल विश्व बजारमा नै अभाव भइसकेको छ । मुसुरोको दहालको सट्टमा अरु दहाल प्रयोग गर्न सकिने गुप्ताले बताए ।

नेपालमा चाहिनेमध्ये ४० प्रतिशत मात्रै खाद्यान्न उत्पादन भएकाले प्रतिकेजी १ देखि ५ रुपैंयासम्म मूल्य वृद्धि भएको उनकाे भनाइ छ । विश्वमा नै उत्पादन कम भएपछि मूल्य वृद्धि भएको उनले बताए । अध्यक्ष गुप्ताका अनुसार अमेरिकी डलरको मूल्य वृद्धि र अन्तराष्ट्रिय बजारमा खाद्यान्यको मूल्य वृद्धि भएकोले नै नेपालमा खाद्यान्नमा केही मूल्य वृद्धि भएको हाे ।

भारतबाट मात्रै नेपालमा नेपालीले उपभोग गर्ने ८० प्रतिशत खाद्यान्न आउने गरेको संघकाे भनाइ छ । लकडाउनको समयमा पनि भारतबाट खाद्यान्य सहज रुपमा आयात भइरहेको गुप्ताले जानकारी दिए । लकडाउनपछि पनि नेपाललाई भारतले सहजरुपमा खाद्यान्य आयात गर्न दिने उनकाे भनाइ छ ।

नेपाल चामल, तेल, दाल उद्योग संघले चामल, तेल, दाललगायत दैनिक अत्यावश्यक वस्तुको उत्पादन र ओसार पसारमा कुनै समस्या नरहेको बताएको छ । विहान ७ बज देखि बेलुका ७ बजेसम्म डिलसलाई सामान दिने गरेको संघले जानकारी दिएको छ ।

कोरोनाका कारण मुलुक लकडाउनमा रहेको र चामल, दाल र तेल लगायतका खाद्यान्न अत्यावश्यक रहेकाले सहज आपूर्तिका लागि संघले काम गरिरहेको पनि बताएको छ ।

संघले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा उद्योग निरन्तर संचालन गरिरहेको छ । लकडाउनको अवस्थामा सरकारको नीति, कार्यक्रम र योजनाप्रति सहयोग गर्दै कोरोना भाईरस पूर्ण रोकथाम नहुँदासम्म सरकारसँग हातेमालो गर्दै निरन्तर सहयोग गरेको सघंले जानकारी दिएको छ ।

संघले दैनिक जीवनमा आवश्यक पर्ने बस्तुका उद्योगमा काम गर्ने कर्मचारी, श्रमिक, मजदुरको स्वास्थलाई ध्यानमा राखी सेनीटाइजर, मास्क र सामाजिक दुरी कायम गरि उद्योग सञ्चानल गरेको छ । लकडाउनको बेला सरकारले दिएको सुझाबलाई मध्येनजर गरी बजारमा सहज आपूर्तिको लागि खाद्य वस्तु उत्पादन, आयत र आपूर्ति गरिरहेको छ ।

चामल, तेल, दाल लगायतका अन्य बस्तुहरु एक ठाउँबाट अर्को ठाउमा पठाउने प्रणालीलाई निरन्तरता संघले दिएको छ । लकडाउनको अवधिभर खाद्यान्नमा उपभोक्तलाई सहज वातावारण रहेको महसुस गराउन निजी क्षेत्र गम्भिर भएर लागेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.