चार वर्षअघि अनलाईन सेवा थालेको प्रभु इन्स्योन्सलाई ‘लकडाउनमा लाभ’

  २०७७ वैशाख ११ गते १४:०४     विकासन्युज

 

काठमाडौं । समस्या सबैका आ–आफ्नै खालका हुन्छन् । प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यलाई पनि उस्तै तनावमा छ ।

‘पुर्नबीमा रकम समयमा नै तिर्नुपर्छ । कर्मचारीलाई तलव दिनैपर्छ । घरभाडा दिनै पर्छ । पानी, विजुली, फोन, इन्टरनेट लगायत व्यवस्थापनका खर्चहरु सबै भईहाल्छन्’ उनले भने–‘विश्वमा सबैलाई समस्या छ । हामीलाई पनि समस्या छ ।’

गाह्रो छ तर काम रोक्नु भएन । बीमा सेवालाई अत्यावश्यक सेवा भनिएको छ । अफिस चलाउनै पर्छ । ग्राहकलाई आवश्यक सेवा दिनैपर्छ ।

उनको घर चावहिलमा छ । कार्यालय तीनकुनेमा । लकडाउनको बेलामा पनि कहिले अफिस कहिले घर । ‘जानै पर्दा अफिस जान्छु । धेरै काम अनलाइनबाट हुन्छ, घरबाटै गर्छु’ उनले भने ।

उनी धेरै जनाबीच छलफल गर्न जुम प्रयोग गर्छन । म्यासेन्जर, भाइवर, ह्वाट्स्एप पनि प्रयोग गर्छन । छिटो जोडिन र कुरा गर्न मोवाइल छँदैछ ।

‘प्रविधिले हामीलाई धेरै सजिलो बनाएको छ । जुममा सामूहिक छलफल गर्दा त कार्यालयमा बैठक गरे जस्तै लाग्छ’ उनले अनुभव सुनाए ।

‘दिनभरी नै काममा व्यस्त भइन्छ’ बज्राचार्यले भने–‘क्लाइन्टहरुले फोन गर्छन् । म्यानेजरहरुसँग दैनिक भर्च्युल मिटिङ गर्छु । कर्मचारीहरुसँग बारम्बार कुरा गर्नुपर्छ । अनलाइन रिपोटिङ हेरिरहनुपर्छ । नयाँ नयाँ निर्णय लिइरहनुपर्छ ।’

कुन कुन बीमा लेख नविकरण गर्नु पर्ने बेला भएको छ ? हप्ता/१० दिनअघि नै सम्बन्धित शाखामा इमेलबाट सर्कुलेशन गरिन्छ । आज कति बीमा लेख नविकरण भयो, कति नयाँ बीमा लेख जारी भयो ? कति बीमा शुल्क संकलन भयो अनलाइन रिपोटिङ हुन्छ ।

कम्पनीले चार वर्षअघि देखि नै अनलाईन बीमाको अभ्यास गर्दैै आएको थियो । मोवाइल एप प्रयोग गर्न ग्राहकलाई सिकाउदै र बानी पार्दै आएको थियो । ‘हामीले ठिक समयमा अनलाइन सर्भिसमा जोड दिएका रहेछौं । अहिले हामीलाई लाभ मिलेको छ’ प्रभु इन्स्योरेन्सका सीईओ बज्राचायले भने ।

‘अनलाइनबाट पोलिसी जारी गरेका छौं । अनलाईनबाट बीमा नविकरण गराएका छौं । अनलाईनबाटै भुक्तानीको प्रबन्ध मिलाएका छौं’ उनले भने ।

यसको लागि प्रक्रिया पनि सजिलो छ । मोवाइल एपबाट कुन पोलिसी लिने, त्यसका बीमा शुल्क कति लाग्छ सबै जानकारी ग्राहकले लिन सक्छन् । आफूलाई चाहिएको बीमा पोलिसी उनीहरुले अनलाईबाटै लिन सक्छन् । आवश्यक डकुमेन्टहरु अनलाईबाटै पेस गर्न सक्छन् । सबै प्रक्रिया पुरा भएपछि बीमा कम्पनीले ठिक भएको सन्देश दिन्छ । त्यसपछि ग्राहकले मोवाइल बैकिङ, इन्टरनेट बैंकिङ वा प्रभु पे, ईसेवा लगायत वालेटबाट बीमा शुल्क भुक्तानी गर्न सक्छन् । त्यसपछि बीमा कम्पनीले ग्राहकको फाइलमा स्वीकृत जनाउँछ, बीमा पोलिसी जारी गर्छ ।

‘यी सबै काम अनलाईनबाट हुन्छ । बजारको अवस्था सामान्य भएपछि कागजी फाइलमा आवश्यक सहिछाप लगाउने, लिने/दिने गछौं’ प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले भने ।

ग्राहक र कम्पनीबीच भएको बीमा सम्बन्धि डकुमेन्ट इकपी, स्क्यान कपी, फोटोकपी इमेल, भाइवर, ह्वाट्स्एपबाट लिने दिने काम अहिले नै भईरहेको उनले बताए ।
धेरै पेमेन्टहरु मोवाइल बैकिङ, कनेक्ट आइपीएस, प्रभु पे, इसेवा लगायत हुने गरेको उनले बताए । कुनै ग्राहकले चेकबाट नै भुक्तानी गर्छु भन्छन् भने प्रभु इन्स्योरेन्सका कर्मचारी चेक संकलन गर्न ग्राहकले बोलाएको स्थानमा जाने गरेको उनले बताए ।

‘ठूलो भुक्तानी बैंकबाट बैंकमा टान्फर हुन्छ । इबैंकिङ सुविधा छ । कहाँबाट पैसा आयो हेर्न सकिन्छ । पेमेन्ट निश्चित भएपछि मात्र बीमा कम्पनीले बीमा पोलिसी जारी गरिन्छ’ उनले भने ।

अनलाइनबाट काम गर्ने प्रणालीको विकास र अभ्यासले गर्दा लकडाउनको बेलामा पनि तुलनात्मक रुपमा नतिजा राम्रो भएको उनले सुनाए । ‘चैत ११ गतेदेखि लकडाउन भयो । पहिलो १० दिन मात्र अफिसमा गएर काम गर्न पायौं, पछिको २० दिन काम गर्न कठिन भयो । तर हाम्रो विजनेश धेरै घटेन’ उनले खुशीको कुरा सुनाए ।

उनले अंक त उल्लेख गरेनन । तर २०७५ चैतको तुलनामा २०७६ चैतको व्यवसायमा फरक नपरेको उनले बताए । ‘मेरिन इन्स्योरेन्स बढेको छ । बैंकहरुबाट केही विजनेशन आएको छ । नविकरणतर्फ पनि राम्रो छ’ उनले भने ।

बीमा नविकरण, नयाँ बीमा पोलीसी जारीको काम मात्र होइन, दावी भुक्तानीको काम पनि सकेसम्म गर्ने गरेको उनले बताए । बीमा दावी गर्ने अवस्थामा ग्राहकले कम्पनीलाई जानकारी दिन्छ । अनलाइनबाट कम्पनीले विवरणहरु लिन्छ । ‘सानो रकमको बीमा दावी छ भनेर हामीले अनलाईनबाट प्राप्त विवरणहरुको आधारमा अध्यायन गरेर भुक्तानी दिन्छौं । ठूलो दुर्घट्नाको अवस्थामा, घट्ना र क्षतिबारे जान्न सर्भेयर नै जानु पर्ने भएमा सर्भेयर फिल्डमा जाने अवस्था नभएसम्म थप प्रक्रिया अगाडि बढ्दैन’ बज्राचार्यले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.