कोरोनाविरुद्ध लड्न प्राइम लाइफ इन्स्योरेन्सको साढे ७ लाख रुपैयाँ सहयोग

  २०७७ वैशाख ११ गते १०:४०     विकासन्युज


काठमाडौं । जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोनाविरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको छ ।

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले जानकारी दिएको छ । यसबाट कोरोनाविरुद्धको लडाईमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.