धादिङको चेपाङ समुदायलाई ज्योति लाईफ इन्स्योरेन्सको सहयोग

  २०७७ वैशाख १० गते १८:२६     विकासन्युज


काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले धादिङको चेपाङ समुदायलाई राहत वितरण गरी सहयाेग गरेकाे छ । यो लकडाउनले उत्पन्न गरेको खाद्यान्न अभावलाइ मध्यनजर गर्दै कम्पनीले धादिङको गजुरी गाउँपालिका वडा नं. ३ चिलाउने खर्कका चेपाङ समुदायलाई गाउँपालिकाले स्थापना गरेको फुड बैंकसंगको सहकार्यमा राहत वितरण कार्य गरेकाे हाे ।

आफुले गरेको खेतीबाट उत्पादित खाद्यान्नले मुश्किल संग ४ महिना धान्ने र बाँकी समय ज्याला मजदुरी गरी छाक टार्ने उक्त समुदायलाई राहत स्वरूप उक्त सहयाेग गरेकाे हाे ।

सिमित उब्जनी भएका चेपाङ समुदाय पहिले पहिले जंगली कन्दमुल, गिठ्ठा भ्याकुर, सिस्नु खाएर पेट भर्ने गर्थे भने, अहिले ज्याला मजदुरी गरेर छाक टार्ने गरेको र हालको लकडाउनले ज्याला मजदुरी कार्य गर्न नपाएको र खाद्यान्न अभाव भइ दैनिक गुजारा चलाउन कठिनाइ भएकाहरुको लागि गजुरी गाउँपालिकाले खाद्यान्न वितरण गर्नको लागि फुड बैक संचालन गरेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी गराए ।

उक्त फुड बैंकको प्रत्यक्ष सहकार्यमा ज्योति लाईफ इन्स्योरेन्सका धादिङ उपशाखा प्रमुख जयराम ढुङ्गानाले समुदायको परिवार संख्या विचार गरी चामल, तेल, दाल र साबुन जस्ता अत्यावश्यक सामाग्री वितरण गरेका थिए ।

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा समेत यस कम्पनीले ७ लाख ५० हजार रूपैयाँ सहयोग गरेको थियो । यस कठीन समस्यामा रहेका जनसमुदायलाइ कम्पनीले गरेको सानो सहयोग बाट केही राहत मिल्ने विश्वास लिएको कम्पनीका कार्यकारी उप प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.