नाडाका अध्यक्ष दुलाल भन्छन्-जेठदेखि लकडाउन अन्त्य गर्नुपर्छ

  २०७७ वैशाख १० गते १५:३६     राजाराम न्याैपाने

काठमाडौँ । कोरोना भाइरसको संक्रमण रोकथामा तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउनको घोषणा गरेको छ । लकडाउनको कारणले अति आवश्यक उद्योग तथा व्यापार बfहेक अरु बन्द रहेका छन् । सरकार अझै पनि लकडमउन खाेल्ने मनसायमा देखिदैँन । लकडाउनको समय बढाएर बैशाख १५ गतेसम्म यथावत राखिएको छ ।

नाडा अटोमोवाइल एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले अब लकडाउन बढाउन नहुने बताएका छन् । व्यापारी तथा उद्योगीहरुको बैंकमा व्याज बढ्दै गहिरहेको र बैंकको व्याज र सावाँले व्यवसायीहरुलाई समस्या पर्दै गएकाले लकडाउन बढाउन नहुने उनको भनाइ छ ।

‘अटोमोवाइल क्षेत्रले सरकारलाई १ खर्ब राजस्वा बुझाउने गरेको थियो, लकडाउनको कारणले त्यो घटेर ५० अर्ब हुने देखिन्छ,’ उनले भने । सबै किसिमका सवारीले २० लाखलाई रोजगारी दिएको उनको भनाइ छ। ‘अहिले सबै सवारी थन्किएर बसेका छन्, बैंकमा किस्ता थपिदै गहिरहेको छ, यसले व्यवसायी उद्योगीलाई समस्या परिरहेको छ,’ उनले भने ।

‘समयमा नै सोचौं, धेरै गम्भीर भएर सोचौं, एक पटक होइन हजार पटक सोचौं, हामी नेपाली कति बसेर खान पुग्ने छौं, हामीसगँ कती दिन पुग्ने खाना सञ्चित छ ? र कहाँ छ? भोको पेटले सुत्ने ब्यक्तीको जनसंख्या जब करोड पुग्छ बाँकीले के खान पाउलान ? हाम्रो बजेट कती हो ? कती घाटा हुँदैछ, त्यसपछि के हुन्छ भनेर अध्ययन गरेर लकडाउनलाई जेठ सरु भए पछि अन्त्य गुर्नुपर्छ,’ दुलालले भने ।

लकडाउनको कारणले पेन्सन बन्द, बृद्धा भत्ता बन्द, निजामती कर्मचारी, सैनीक, पुलीसको तलब बन्द भयो भने देशको हालत के हुन्छ ? लकडाउन धेरै लम्बिदै जाँदा विकास त परको कुरा, उद्योगले आयात गरेको कच्चा पदार्थको भुक्तानी बन्द हुन्छ, अनि देशको हालत के हुन्छ ? उनले प्रश्न गरे ।

लकडाउन बढ्दै जाँदा बैंकमा भुक्तानीको विश्वास टुट्ने उनको बुझाइ छ । एटिएमबाट पैैंसा निक्लिन छोड्छ, अनलाइन भुक्तानी पनि बन्द हुन्छ अनि देशको आर्थिक अवस्था विग्रिदै जाने उनको भनाइ छ । ‘उद्योगीहरुको निक्षेप जति उद्योग र ब्यवसायमा लगानी गरेका छन्, सरकारको सञ्चिती केही महिना तलब र भत्ता खुवाउन पुग्ला रेमीट्यान्स बन्द छ, देशका आर्थिक गतिविधीहरु नै बन्द हुँदा समस्या बढ्दै जान्छ, उनले भने ।

दुलालले भने जेठ १ गतेबाट लकडाउन नखुले देशको अवस्था आँकलन गरेको भन्दा फरक हुने बताए । उनले भने,‘पुरानो इतिहास पढ्दा ५ औं शदाब्दीमा खाना अभाव भएर मान्छेले मान्छे खाएको इतिहास गुगलमा भेट्न पाइन्छ अब के हुन्छ हाम्रो पुस्ताले पनि पढ्ने छन् ।’ अब कोरोनाको कारणले पनि भोकभोकै मर्ने हुन् की भन्ने डर बढेको छ त्यसैले जेठ १ बाट लकडाउन अन्त्य गर्नु पर्ने उनको धारणा छ ।

‘लकडाउनले सबैको अवस्था विग्रिएको छ, स्थानीय सरकार पनि अहिले शक्तीशाली सरकार हो, गाउँपालीका, नगरपालिका र महानगरपलिकामा जो जहाँबाट आएको भए पनी मानवताको नाता मात्र चेक गर्यौ, राहात दिउँ, खाना दियौं घर हिडेका मजदुरलाई मद्दत गरौं,’ दुलालले भने ।

अब विस्तारै उद्योग पनि खोल्नु पर्ने उनले बताए । ‘सुरक्षा अपनाएर काममा लाग्नु पर्छ, किन कि खान नपाइ बाँच्न गाह्रो हुन्छ, बैशाख ३० पछि लकडाउन पूर्ण रुपमा लागु भएमा देशमा ठूलो विरोध हुन सक्छ, भोको पेट धेरै सहन गर्न सकिँदैन, त्यसैले लकडाउन खोलौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.